Logo

सबै खालका कम्पनी ऐन संसोधन गर्दै सरकार, ब्यबसायीले भने जस्तै आउला ?

सबै खालका कम्पनी ऐन संसोधन गर्दै सरकार, ब्यबसायीले भने जस्तै आउला ?



काठमाडौं । सरकारले सबै खालका कम्पनी ऐन नै संसोधन गर्ने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयले विभिन्न ब्यबसायमा देखिएका त्रुटीहरुलाई सच्याउन र नयाँ प्रविधि तथा अनुभव अनुसार कानुन ल्याउनका लागि सबै खालका पुराना कम्पनी ऐनलाई संसोधन गर्न लागेको हो ।

सरकारले पटकपटक विभिन्न नीति नियमहरु बनाएको भएपनि सो नीति नियमहरु कतिपय कार्यान्वयनमा नआउने र कार्यान्वयनमा आएपनि सोहीअनुसार काम नहुने भएकाले पुराना कानुनलाई हालको अवस्थाअनुसार संसोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

उनले पुराना कानुनहरुमा आवश्यक परिमार्जन गर्नुपरेकाले उक्त कानुन संसोधनको ड्राफ्ट बनाउनका लागि कानुन आयोगमा पत्र पठाईएको जानकारी दिए । मन्त्रालयले समग्र नीति नियमको संसोधनका लागि कानुन आयोगमा पत्र पठाएपछि आयोगले उक्त नीति माथि गर्नुपर्ने आवश्यक प्रक्रिया पुरा गरेको ड्राफ्ट मन्त्रालय पठाउँनेछ ।

कानुन आयोगले मन्त्रालय पठाईसकेसिछ मन्त्रालयले सोही ड्राफ्टअनुसार आवश्यक कानुनहरु संसोधन गर्छ ।

उद्योगी ब्यबसायीले बेलाबेलामा कानुनमा समयसापेक्ष संसोधन नगरेमा नेपालमा लगानीयोग्य वातावरण नबन्ने तथा सोही अनुसार विदेशि लगानी पनि नभित्रिने बताउँदै आएका छन । यस्तै कानुनी अड्चनले नै स्वदेशी लगानीकर्ताहरुले पनि भनेबमोजिमको उद्योगधन्दाहरु चलाउन गाह्रो भएको उद्योगीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL