Logo

डेढ बर्षपछि जग्गाको कित्ताकाट फुकुवा, स्थानीय तहको सिफारिस अनिवार्य

डेढ बर्षपछि जग्गाको कित्ताकाट फुकुवा, स्थानीय तहको सिफारिस अनिवार्य



काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । भुमि व्यस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारले २०७४ साउनमा कृषियोग्य जमिन खण्डीकरण हुन नदिने भन्दै कित्ताकाटमाथी रोक लगाएको थियो । तर, सम्पूर्ण कित्ताकाटमा बन्देज लगाउँदा विचौलिया बढी मौलाएको भन्दै मन्त्रालयले उक्त कित्ताकाट फुकुवा गर्न लागेको हो । सम्बन्धित स्थानीय तहले खेतियोग्य जमिन होईन भन्ने प्रमाणित गरेको खण्डमा जग्गाको कित्ताकाट गर्न पाईने व्यवस्था गरेको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL