Logo

सरकारले तोक्यो उखुको न्युनतम मूल्य, चिनी उत्पादकलाई समयमै भुक्तानी गर्न निर्देशन

सरकारले तोक्यो उखुको न्युनतम मूल्य, चिनी उत्पादकलाई समयमै भुक्तानी गर्न निर्देशन



काठमाडौं । सरकारले उखुको न्युनतम मुल्य तोकेको छ । बेलाबेलामा उखुको मूल्यमा विवाद भईरहने भएपछि सरकारले नै आगामी आर्थिक बर्षका लागि उखुको न्युनतम खरिद मूल्य तोकेको हो । सरकारले आगामी आवका लागि उखुको न्युनतम खरिद मूल्य ५ सय ३६ दशमलव ५६ रुपैयाँ निर्धारण गरेको छ ।

सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदकोे बैठकले उखुको मूल्य निर्धारण गरेको विहीबार संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन ।

उक्त निर्णय अनुसार उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ बमोजिम प्रति क्विन्टल ६५ दशमलव २८ रुपैयाँ अनुदान सरकार बाट अनुदान पाउने र बाँकी ४ सय ७१ दशमलव २८ रुपैयाँ चिनी उद्योगीले तिर्नुपर्ने भएको हो ।

साथै सरकारले चिनी मिलहरुले सम्बन्धित उखु कृषकलाई प्रति क्विन्टल ४ सय ७१ दशमलव २८ रुपैयाँ समयमै भुक्तानी गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL