Logo

अन्तरराष्ट्रिय विमानस्थलमा होडिङबोर्ड सहितको बिज्ञापन हटाईयो, बैशाख १ गते बुटिक विमानस्थलको घोषणा गर्ने

अन्तरराष्ट्रिय विमानस्थलमा होडिङबोर्ड सहितको बिज्ञापन हटाईयो, बैशाख १ गते बुटिक विमानस्थलको घोषणा गर्ने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) मा भएका अन्तरराष्ट्रिय टर्मिनल भवन १ र २ प्रस्थान तर्फको बिज्ञापन हटाएको छ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने थालनीसँगै अन्तरराष्ट्रिय टर्मिनल भवनको विज्ञापन हटाईएको हो ।

सरकारले आगामी बैशाख १ गतेबाट विमानस्थललाई बुटिक एयरर्पोटको सुरु गर्ने सरकारको तयारी भए पनि आफुले अहिले देखीनै सुरु गरेको विमानस्थलले जानकारी दिएको छ । सोही अनुसार अहिले विमानस्थलमा भएका विज्ञापन हटाउने देखी मौलिकता झल्काउने कार्य गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका हुन ।

अहिले बुटिक एयरपोर्टको कन्सेप्टमा काम सुरु भईसकेको छ क्षेत्रीले भने । अहिले अन्तरराष्ट्रिय टर्मिनल भवन १ र २ प्रस्थान तर्फको बिज्ञापन पुरै हटाईसकेको र विमानस्थलमा मधुरो ध्वनी बजाउन समेत सुरु भईसकेको क्षेत्रीले जानकारी दिएका छन ।

‘विज्ञापनको विषयमा भने जस्ले राजस्व फिर्ता लिन्छ उसलाई फिर्ता दिने र नलिने ग्राहकहरुको हकमा भने डिजिटलाईजेशन गर्न दिने विमानस्थलले तयारी गरेको छ, जुन राम्रो हुन्छ हामी त्यो गर्न दिन्छौं’, उनले बीजखबरसँग भने ।

विमानस्थल प्रवेश गर्ने वा आगन्तुक आउने क्षेत्रमा जो कोहीले पनि अहिले मधुरो ध्वनीको रुपमा गूम्वा तिर बजाईने ओम म्हनी पद्मे हुँ भन्ने आवाज सँगसँगै नेपाली धुन सुन्न सकिन्छ क्षेत्रीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL