Logo

ती देशहरु जहाँ नेपाल नाफाको व्यापार गर्छ, तर व्यापारघाटा ५ महिनामा ५ खर्ब नाघ्यो

ती देशहरु जहाँ नेपाल नाफाको व्यापार गर्छ, तर व्यापारघाटा ५ महिनामा ५ खर्ब नाघ्यो



काठमाडौं । नेपालमा हाल व्यापार घाटाको व्यापक चर्चा हुने गर्दछ । तर केही यस्ता देशहरु पनि छन जो सँग नेपालले नाफाको ब्यापार गरिरहेको छ ।

नेपालले पछिल्लो समय अमेरिका, नर्वे, कोलम्बीया लगायतका देशहरुसँग नाफाको व्यापार गरिरहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो ५ महिनाको तथ्याँक अनुसार नेपालले भारत, चीन, फ्रान्स लगयायत देश सँग ब्यापार घाटा बेहोरेपनि विकसित केहि देशसँग भने व्यापार नाफा गरेको पाईन्छ ।

पछिल्लो ५ महिनामा नेपालले भारतसँग झन्डै साढे ३ खर्बको ब्यापार घाट बेहोर्दा अमेरिकासँग भने ३० करोड रुपैयाँ बराबरको ब्यापार नाफा गरेको छ । नेपालले नजिका छिमेकी देशहरुबाट धेरै व्यापारघाटा बेहोरको पाईन्छ । अमेरिकाबाट नेपालमा मासुजन्य पदार्थ, सुकेको केराउ, विभिन्न विरुवाहरु लगायतका बस्तुहरु आयात हुन्छन भने नेपालबाट चीज, मासु, फुल, कफी लगयातका बस्तुहरु निर्यात हुन्छन ।

पछिल्लो ५ महिनामा नेपालले ब्यापार नाफा गरेको देश मध्ये अर्काे देश सेन्ट्रल अफ्रिकन रिपब्लीक पनि रहेको छ । नेपालले ५ महिनामा उक्त देशसँग झन्डै २७ करोड रुपैयाँको ब्यापार नाफा गरेको छ । नेपालले अमेरिका, मोरक्को, माल्दीभ्स, कोलम्बीया, अष्ट्रीया, नर्वे लगायत २२ ओटा देशसँग ब्यापार नाफा गरिरहेको छ ।

नेपालले यी देशहरुसँग ब्यापार नाफ गरिरहेको भएपनि ब्यापार घाटा भने समग्रमा ५ खर्ब पुगेको छ । नेपालले पछिल्लो ५ महिनामा भारतसँग मात्रै साढे ३ अर्ब बराबरको ब्यापारघाटा बेहोरेको छ भने चीनसँग ८७ अर्ब रुपैयाँ बराबरको ब्यापारघाटा बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL