Logo

ठेकेदार भाग्न खोजेपछि मेलम्ची खानेपानी आयोजना अन्यौलमै, २९ वर्षमा ९३ प्रतिशत काम

ठेकेदार भाग्न खोजेपछि मेलम्ची खानेपानी आयोजना अन्यौलमै, २९ वर्षमा ९३ प्रतिशत काम



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम इटालियन कम्पनी (सिएमसी) लाईनै दिने कि नदिने भन्ने विषय अन्यौलमै रहेको खानेपानी मन्त्री विना मगरले बताएकी छिन । मन्त्री मगरका अनुसार सिएमसीसँग काम गर्ने विश्वासको आधार नभएको र विकल्पमा अन्य उपया समेत सोचिएको जानकारी दिएकी हुन ।

आयोजनाका प्रोजेक्ट म्यानेजर सहितको टोली ठेक्का छोडरे भाग्न लागे पछि द्धिपक्षिय छलफल भएको र ठेकेदार कम्पनीको प्रतिवद्धता पछि आयोजनाको अन्यौलता केही हदसम्म हटेको जानकारी दिएका हुन । विकास समितिको बैंठकमा बोल्दै मन्त्री मगरले अन्यौलता हटे पनि आयोजना र मन्त्रालय पुरै विश्वस्त हुन भने नसकेकोे जानकारी दिएकी हुन ।

समितिका सदस्यहरुले ३६ करोड रुपैयाँ भुक्तानीमा भ्रष्टचार भएको र अनुगमन समितिले समेत दिन निर्देशन दिए पनि हालसम्म उक्त रकम नदिएको भन्दै उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भेन्टीलेटरको काम गर्न २० लाख रुपैयाँ नहुने कम्पनीलाई विना आधार रकम दिन नसकिने मन्त्री मगरले जानकारी दिईन् ।

‘पहिले हामीले उक्त रकम दिन खोजिएको हो र यसमा कुनै कमिशनको खेल भएको छैन,’ उनले भनिन्, ‘उनीहरुको खातानै रोक्का भएकाले हामीले उक्त रकम रोकेका हौं ।’

मेलम्चीको काम अन्तिम चरणमा रहेकाले सिएमसीले काम नगरे पनि सव कन्ट्याक्टर मार्फत काम गर्ने समेत जानकारी दिएकी छिन । ‘त्यहाँ काम गर्ने दक्ष जनशक्ति हाम्रै नेपाली दाजुभाई हुन उनीहरु त भाग्दैनन,’ उनले भनिन्, ‘त्यसैले पनि यदि यो ठेकेदारसँग काम गर्ने बातवरण भएन भने हामीले त्यसलाई अर्को विकल्पको रुपमा लिएका छौं ।’

कार्यक्रममा बोल्दै समिति सदस्य राजेन्द्र लिङदेनले आयोजनालाई मागिखाने भाडो नबनाउन समेत मन्त्री मगरलाई आग्रह गरेका छन । ‘२९ वर्षमा ९३ प्रतिशत काम भएको आयोजनाको ताल यही रहने हो भने अझै अर्को दशैं मात्रै होईन यस्ता दशैं कति कुर्नु पर्ने हो थाहा छैन,’ उनले भने ।

त्यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले आयोजनाले जनतालाई छल्ने काम नगरेर जिम्मेवार भएर लाग्नु पर्ने सुझाव दिएका छन । चिनियाँ कम्पनी भागे पछि त्यसबाट पाठ सिकेको भए आज यो अवस्था नआउने समेत उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL