Logo

नियुक्ती भएको ४ महिनामै दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

नियुक्ती भएको ४ महिनामै दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राजीनामा पत्र बुझाएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिजखबरलाई बताए ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले झालाई तेस्रो पटक प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । दाबबकाबीच सरकारले उनलाई भदौ २१ गते प्राधिकरणको अध्यक्षमा तेस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।

उनको नियुक्तीसँगै भ्रष्टाचारको विषयमा सरकारको आलोजना बढेको थियो । तर पछिल्लो समय झाकै विषयलाई लिएर सत्तारुढ नेकपाकै संसदहरुले बढी आयोचना गरेपछि केपी ओली नेतृत्वको सरकारलाई बढी दबाब सिर्जना भएको थियो । केही समयअघि मात्र नेकपामा ४३ जना नेताहरुले हस्ताक्षर गर्दै झाको राजीनामा समेत माग गरेका थिए ।

सरकारकै आलोचना बढी भएपछि झाले बुधबार नै राजीनामा पत्र बुझाएका मन्त्री बास्कोटाले जानकारी दिए । ‘प्राधिकरण अध्यक्ष झाले राजीनामा दिनु भएको हो,’ उनले भने, ‘तर, झाले राजीनामा दिँदा म मन्त्रालयमा थिईन तसर्थ यस विषयमा विस्तृत जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL