Logo

स्याटेलाइटबाट गाउँमा ईन्टरनेट पुर्याउँदै डिसहोम, एक बर्षभित्र पब्लिक कम्पनी बन्ने

स्याटेलाइटबाट गाउँमा ईन्टरनेट पुर्याउँदै डिसहोम, एक बर्षभित्र पब्लिक कम्पनी बन्ने



काठमाडौ । डिजिटल टेलिभिजन सेवाप्रदायक डिस होमले स्याटेलाइटमार्फत गाउँगाउँमा इन्टरनेट पुर्याउने भएको छ । हाल यसको लागि आवश्यक अध्ययन भैरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार विकट क्षेत्रमा पनि इन्टरनेट पुर्याउन स्याटेलाइटको उपयोग गर्ने तयारी गरिएको हो । कम्पनीले स्याटेलाइट प्रविधीमार्फत नै अहिले गाउँगाउँमा डिजिटल सेवा उपलब्ध गराइरहेको छ । साथै कम्पनीले डिसहोम सेटअप बक्स समेत नेपालमानै निर्माण गर्ने तयारी थालेको कम्पनीका अध्यक्ष हेमराज ढकालले जानकारी दिएका छन ।

कम्पनीका अध्यक्ष ढकालका अनुसार स्याटेलाइटबाट इन्टरनेट विस्तार गर्दा केही महङ्गो पर्ने यस अघिको अध्ययनले देखाएपनि यसलाइ सकेसम्म सुपथ मुल्यमा उपलब्ध गराउन सकिने उपायमा अध्ययन भैरहेको छ ।

कम्पनीले सहरी क्षेत्रमा भने अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्याउने तयारी गरेको छ । ‘सिम टिभिका लागि उपयोग भएको फाइबरबाट सहरी क्षेत्रमा इन्टरनेट उपलब्ध गराउछौ,’उनले भने ।

डिजिटल टेलिभिजनका रुपमा सेवा उपलब्ध गराइरहेको सिम टिभी डिस होमले आफुमा मर्ज गरिसकेको छ । कम्पनीले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पनि लिसकेको जानकारी दिएको छ ।

डिसहोमले आगामी एक बर्स भित्र कम्पनीको सेयर सर्वसाधारणलाई विक्री गर्ने योजना पनि अघि सारेको छ । यसै आर्थिक बर्ष भित्र पब्लिक कम्पनी बन्ने घाषणा गरेपनी सो अनुसार काम अघि बढ्न नसकेपनी बढिमा एक बर्ष भित्र पब्लिकमा जाने ढकालले जानकारी दिएका छन ।

हामी एक बर्ष भित्र पब्लिकमा जान्छौ र सर्वसाधारण सँगै डिभिडेन्ट बाडछौं उनले भने । कम्पनी स्थापनाको १० बर्ष पूरा भएपनी अहिलेसम्म डिभिडेन्ट भने बाड्न नसकेको उनले बताए ।

हाल डिसहोमका देशभर १५ लाख ग्राहक छ्न । कम्पनीले हालै मात्र भैसेपाटिमा आफ्नो मुख्य कार्यालयबाट सेवा सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL