Logo

पैसा नबुझाउँदा १८ दिन देखी सौर्य एयर ग्राउण्डेड, किन हुँदैछ ढिलाई

पैसा नबुझाउँदा १८ दिन देखी सौर्य एयर ग्राउण्डेड, किन हुँदैछ ढिलाई



काठमाडौं । सौर्य एयरको जहाज करिब १८ दिन देखी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा ग्राउण्डेड भएको छ ।

कम्पनीले विमानस्थललाई बक्यौता वापतको २ करोड ३७ लाख रुपैयाँ बुझाउन नसक्दा १८ दिन देखी ग्राउण्डेड भएको हो ।

तर सौर्य एयरले भने बक्यौता रकम मात्रै नभएर आफनो जहाज मर्मत गर्नु पर्ने तथा नयाँ लगानीकर्ता घनश्याम अधिकारी समूहलाई सेयर हस्तान्तरणको प्रक्रियाले गर्दा जहाज उडान रोकिएको एयरलाईन्सका चिफसेल्स एन्ड मार्केटिङका मुकेश खनालले बताउँदै आएका छन ।

उनले केही समय अगाडी बिजखबरसँगको कुराकानीमा मंसिर २९ गते देखी उडाउने बताएक थिए । तर उक्त दिन पनि जहाज नउडे पछि पुन सोमबारलाई भाका राखेको सो कम्पनीले अहिले सम्म जहाज उडाउन सकेको छैन ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने अहिले सो कम्पनीका पदाधिकारीहरु आफ्नो सम्पर्कमा नआएको जानकारी दिएका छन । विमानस्थलले भने २ करोड ३७ लाख रुपैयाँ बक्यौता रकम नबुझाएको भन्दै गत मंसिर २० गते देखी जहाज उडाउन रोक लगाएको छ ।

विमानस्थका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार उक्त एयरलाईन्सले विमानस्थल प्रयोग गरेबापतको रकम समयमै बुझाउन बारमबार ताकेता गर्दा पनि सम्पर्कमा नआए पछि जहाज ग्राउण्डेड गरेको बताएका छन ।

विमानस्थलका एक उच्च अधिकारीका अनुसार अहिले एयरलाईन्सका चिफसेल्स एन्ड मार्केटिङका मुकेश खनालले विमानस्थलको मात्रै नभएर अन्यको पनि सम्पर्कमा आउन नखोजेको जानकारी दिएका छन । अरु साथीहरुले पनि सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने तथा फोन रिसिभ नगर्ने ति अधिकारीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL