Logo

गभर्नरको निर्देशन पछि ब्याजदरमा पुनः भद्र सहमति, व्यक्तिगत निक्षेपमा ९.२५ र संस्थागतमा ८.५ प्रतिशत मात्र ब्याज

गभर्नरको निर्देशन पछि ब्याजदरमा पुनः भद्र सहमति, व्यक्तिगत निक्षेपमा ९.२५ र संस्थागतमा ८.५ प्रतिशत मात्र ब्याज



काठमाडौं । नेपाल बैंकर्स संघले पुनः ब्याजदरमा भद्र सहमति गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भद्र सहमति गरेर निक्षेपको ब्याजदर घटाउन निर्देशन दिएसँगै बैंकर्स संघले घटाएका हुन् ।

संघले शुक्रबारदेखि लागू हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको हो । जस अनुसार अब ब्यक्तिगत निक्षेपकर्ताको मुद्दती खातामा ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिन पाइने छ । यस अघि बाणिज्य बैंकहरुले भद्र सहमति तोड्दै व्यक्तिगत मुद्दति निक्षेपमा साढे १३ प्रतिशतसम्म ब्याज दिन थालेका थिए ।

यसैगरी अबका दिनमा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशतसम्म मात्र ब्याज दिन पाउने भएका छन् भने साधारण बचनमा बढीमा साढे ६ प्रतिशत मात्र ब्याज दिन पाइने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL