Logo

हवाई दुर्घटनाको बीमामा नेपालीलाई असमानता हट्यो, शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने

हवाई दुर्घटनाको बीमामा नेपालीलाई असमानता हट्यो, शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने



काठमाडौं । अन्तरराष्ट्रिय हवाई उडानमा नेपाली यात्रुले बीमा वापतको रकम १ करोड ५७ लाख १६ हजार ५ सय रुपैयाँ पाउने पक्का भएको छ ।

मन्ट्रियल महासन्धि मंसिर २९ गतेबाट लागू हुने र नेपाली हवाई यात्रुले अन्तरराष्ट्रिय हवाई उडानमा रहँदा दुर्घटना भएमा सो बराबरको रकम मंसिर २९ गते देखिनै पाउने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यो मन्ट्रियल महासन्धि नेपालमा दर्ता भएका अन्तरराष्ट्रिय हवाई कम्पनीमा लागू हुने र यस महासन्धीमा प्रवेश गर्ने नेपाल १ सय ३५ औं राष्ट्र भएको प्राधिकरणले जानकारी दिएको हो ।

यस अघि वार्शा महासन्धिको धारा १७ मा रहेको, दुर्घटना भए वा कुनै क्षति भएमा बाहकनै जिम्मेवार रहने प्रावधान मन्ट्रियल महासन्धिमा समेत कायमै राखेको छ ।

यस अनुसार अव हवाई यात्रीले विमानमा रहँदा कुनै दुर्घटना या चोटपटक लागेमा सोही अनुसारको रकम पाउने भएका छन । अन्तरराष्ट्रिय उडानमा विमान दुर्घटना भएको खण्डमा यात्रुले सो रकम पाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन ।

कुन अवस्थामा पाउने बीमा रकम

विमानमा रहेका यात्रुको मृत्यु भएमा वा यात्रु घाईते भएको अवस्थामा मन्ट्रियल महासन्धिमा लागू भए अनुसारको रकम १ करोड ५७ लाख १६ हजार ५ सय रुपैयाँ पाउने भएका छन ।

मन्ट्रियल महासन्धि अनुसार यात्रुको कार्गो डिले भएमा पनि क्षेती पाउने भएका छन । कार्गो डिले भएमा क्षतीपूर्ति स्वरुप २ हजार ९ सय ८६ रुपैयाँ पाउने भएको छ ।

ब्यागेज टुटफुट भएमा १ लाख ७७ हजार ७ सय ५३, उडान ढिला भएका कारण ब्यागेज हराएमा वा बिग्रेमा ७ लाख ३७ हजार ७ सय ३१ रुपैयाँ पाउने भएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL