Logo

अन्तराष्ट्रिय व्यापार ४ गुणाले बढाउन सक्ने नेपालको सम्भावना, यस्तो छ कारण

अन्तराष्ट्रिय व्यापार ४ गुणाले बढाउन सक्ने नेपालको सम्भावना, यस्तो छ कारण



काठमाडौं । नेपालले दक्षिण एशियाली देशमा ४ गुणाले निर्यात बढाउन सक्ने देखिएको छ । विश्व बैंकले शुत्रबार सार्वजननिक गरेको एक तथ्याङ्क अनुसार दक्षिण एशियामा मानिसले व्यापारमा बनाएका विभिन्न अवरोधहरुले व्यापार वाधा निम्तिएपनि नेपालले यस्ता वाधा हटाए ४ गुणाले व्यापार वृद्धि गर्न सक्ने देखिएको हो ।

विश्व बैंकले काठमाडौंमा ‘अ ग्लास हाफ फुल’ रिपोर्ट सार्वजनिक गर्दै नेपालले १ अर्ब डलर अर्थात कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत व्यापार घाटा वेहोर्दे आएको देखिएको छ ।

रिपोर्ट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा व्यापारघाटा कुनै नकारात्मक विषय नभएको जानकारी दिएका छन । उनले अर्थव्यवस्थाको तिव्र विकास गर्नका लागि व्यापारलाई बढावा दिनुपर्ने बताउँदै नेपालको अर्थतन्त्र विकासमा केहि गल्ती रहेको र त्यसलाई सुधार गर्नेतिर लाग्नु पर्ने बताएका हुन ।

उनले अन्तरराष्ट्रिय व्यापारमा विभिन्न भौतिक समस्याले पनि वाधा अड्चन सिर्जना गरेको भन्दै भन्सारमा साँघुरा सडक, पुराना पुलहरुको उचित मर्मत गर्नुपर्ने पनि बताएका हुन ।

स्तै विश्व बैंकले नेपालले अन्तरराष्ट्रिय व्यापार उचित नितिनियम तथा सुधारका क्रियाकलापहरु उठान गरेर उच्च गर्न सकिने पनि जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय व्यापारका सबैभन्दा मुख्य विषय यातायातको रहेको र सो विषयमा नेपाल लगायत दक्षिण एशियाली मुलक भौगोलिक कठिनता र सिमामा आईपर्ने समस्याका कारण प्रभावमा परेको देखिएको पाईन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL