Logo

सेयर बजार र ब्याजदरको अध्ययन गर्न अर्थमन्त्रीले बनाए उच्चस्तरीय अध्ययन समिति, सात दिनभित्र के आउला सुझाव ?

सेयर बजार र ब्याजदरको अध्ययन गर्न अर्थमन्त्रीले बनाए उच्चस्तरीय अध्ययन समिति, सात दिनभित्र के आउला सुझाव ?



काठमाडौं । अर्थ मन्त्रालयले उच्च ब्याजदर र घट्दो पूँजी बजारको सम्बन्धमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । अर्थ मन्त्री डा.युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो ।

श्रेगठको संयोजकमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, अर्थमन्त्रालयका वित्तीय क्षेत्र ब्यवस्थापन हेर्ने सहसचिव र सेयर लगानीकर्ता संघका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

अर्थमन्त्रीले समिति गठन गर्दै सेयर बजार र ब्याजदरको बारेमा वास्तविक अध्ययन गरी ७ दिनभित्र अध्ययन गरी समस्या समाधानका उपायसहित सुझाव दिन निर्देशन दिएको अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

बैंकको उच्च रुपमा बढ्दो ब्याजदर र लगातार सेयर बजारको गिरावटले दबाब सिर्जना गरेपछि अर्थमन्त्रीले समिति नै गठन गरेर अघि बढेका हुन् ।

सरकारले बजारमा लगानीयोग्य पूँजी ल्याउन स्थानीय निकायमा पठाएको ५० प्रतिशत रकम बजारमा पठाएपनि ठिक त्यसको विपरित बैंकहरुले ब्याजदरको भद्र सहमति तोड्दै निक्षेपमा १३ प्रतिशतसम्मको ब्याजदर दिन थालेपछि त्यसलाई समाधान गर्न अर्थमन्त्रालय सक्रिय भएको हो ।

दैनिक रुपमा बजार ओरालो लागेसँगै केही लगानीकर्ताले अनसन बस्ने समेतका कार्यक्रम सार्वजनिक गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL