Logo

उच्च ब्याजदर र मार्जिन कलको प्रेसरमा लगानीकर्ता, अब के हुन्छ सेयर बजार ?

उच्च ब्याजदर र मार्जिन कलको प्रेसरमा लगानीकर्ता, अब के हुन्छ सेयर बजार ?



काठमाडौं । आकाश छुने ब्याजदर, धर्तीमा धसिएको सेयर बजार, कहाली लाग्दो मार्जिन कल, के को संकेत हो सरकार ? यो भनाई नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको हो ।

पछिल्लो समयको उच्च ब्याजदर, दैनिक रुपमा ओरालो लाग्दो सेयर बजारमा सोही अनुपातमा बैंकहरुले मार्जिन कलको म्यासेज पठाउन थालेपछि उनले आफ्नो फेसवुकमा उक्त स्टाटस लेखेका हुन् । गत हप्ताको अन्तिमबाट सुरु भएको मार्जिन कलको प्रेसर दुई दिन अघि बैंकलेहरुले ब्याजदरको भद्र सहमति तोडेर बढावढमा ब्याजदर तोक्न थालेपछि अझै विकराल बन्न पुगेको उनको दावी थियो । ‘अहिले बैंकहरुबाट मार्जिन कलको लागि लगानीकर्तालाई एकदमै दबाब परेको छ,’ उनले भने, ‘सोही अनुरुप ब्याजदर वृद्धिको प्रेसर पनि त्यतिकै परेको छ ।’

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत लगानीकर्तालाई केही राहत दिँदै बजार २० प्रतिशतसम्म घट्दा मार्जिक कल गर्न नमिल्ने व्यवस्था गरेको थियो । तर, पछिल्लो समय दैनिकजसो बजार दोहोरो अंकमा घट्न थालेपछि बैंकहरुले लगानीकर्तालाई मार्जिन कलको दबाब दिन थालेका हुन् ।

मार्जिन कलको प्रेसर, उच्च ब्याजदर, क्रेडिट क्रञ्च र बजारमा सेयरको सप्लाई बढी हुँदा अबका दिनमा अझै बजार ओरालो लाग्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजारलाई सहयोग गर्ने कुनै पनि इन्डिकेटर र त्यससँग सम्बद्ध कुनै पनि पक्ष राम्रो छैन,’ एक लगानीकर्ताले भने, ‘यो अवस्थामा बजार बढ्ने कुनै कारण छैन ।’ यदि सरकारले लगानीकर्ताको हितमा कुनै नयाँ उपाय नसोच्ने हो भने सेयर बजार १ हजार अंकबाट पनि तल झर्ने ती लगानीकर्ताको दाबी थियो ।

पछिल्लो समय बजार उच्च रुपमा घटेसँगै केही लगानीकर्ताले दबाब समुह नै गठन गरेर अनसन बस्ने समेत घोषणा गरेका छन् । तर, दबाब समुहको उक्त घोषणा तर्क संगत र उचित नभएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘अहिले बजारमा विभिन्न ४ वटा पूँजीबजार सम्बन्धी लगानीकर्ता संघसंगठन छन्,’ ती लगानीकर्ताले भने, ‘पूँजी बजार सुधारको पहल गर्ने हो भने ती लगानीकर्ताले नीतिगत रुपमा सुधारको काम गर्न सरकारलाई घच्घच्याउनुपर्छ तर अनावश्यक रुपमा टुकुचाको खोलामा गएर २÷४ जना अनसन बस्दैमा बजार बढ्दैन ।’

नेप्से परिसुचक १८०० अंकमा पुगेर वियरिस ट्रेण्ड समाएसँगै आफ्नो तल्लो विन्दु पैल्याउन सकेको छैन । वियरिस ट्रण्डको तल्लो बिन्दु भेटाउने रेसमा कुदेको नेप्से परिसुचकले उक्त बिन्दु छुनको लागि अझै केही समय लाग्ने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अझै पछिल्लो समयको उच्च ब्याजदर र मार्जिन कलको दबाबले गर्दा बजार लगातार घट्न सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL