Logo

अर्थको अबरोधपछि महालक्ष्मी इन्स्योरेन्सलाई लाईसेन्स दिन सर्वोच्चको दोस्रो आदेश, बीमा समितिको निवेदन खारेज

अर्थको अबरोधपछि महालक्ष्मी इन्स्योरेन्सलाई लाईसेन्स दिन सर्वोच्चको दोस्रो आदेश, बीमा समितिको निवेदन खारेज



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिन सर्बोच्च अदालतले दोस्रो पटक आदेश दिएको छ ।

अर्थमन्त्रालयले बीमा सम्बन्धी नयाँ ऐन बनाईरहेको भन्दै नयाँ कम्पनीलाई लाइसेन्स दिन रोक लगाउन बीमा समितिलाई निर्देशन दिएको थियो । त्यससँगै बीमा समितिले यस अघि सर्वोच्च अदालतले दिएको परमादेश पुर्नरावलोकन माग गरेको थियो ।

तर, शुक्रबार प्रधानन्यायधीश ओमप्रकाश मिश्र, न्यायधीशहरु केदारप्रसाद चालिसे र टंकबहादुर मोक्तानको संयुक्त इजलासले समितिको माग खारेज गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन दोस्रो पटक परमादेश दिएको हो ।

यस अघि सर्वोच्च अदालतले असार १४ गते महालक्ष्मी इन्स्योरेन्सलाई लाइसेन्स दिन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशसँगै महालक्ष्मी इन्स्योरेन्सलाई संचालन लाईसेन्स लिनका लागि पुनः सजिलो भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL