Logo

एसीआईको विज्ञद्धारा विमानस्थल निरीक्षण सुरु, शुक्रबार प्रतिवेदन बुझाउने

एसीआईको विज्ञद्धारा विमानस्थल निरीक्षण सुरु, शुक्रबार प्रतिवेदन बुझाउने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को बिज्ञ समुहद्धारा विमानस्थलको निरीक्षण सुरु भएको छ ।

एसीआईको विज्ञद्धारा नेपालमै पहिलो पटक हुने यो निरीक्षणबाट विमानस्थलको कमी कमजोरी तथा राम्रो नराम्रो के छ भनेर सो समुहले ५ दिन भित्रमा प्रतिवेदन बुझाउने गरी काम शुरु भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनको अनुसार सो समुहले विमानस्थलमा भए गरेका सुरक्षा, पूर्वाधार तथा सेवा सुविधा लगायतका विषयमा निरिक्षण गर्ने भएको हो । उक्त समुहले गरेको सो निरिक्षणको प्रतिवेदन शुक्रबार आउने र सो प्रतिवेदनले सुधारगर्नु पर्ने पक्षलाई उजागार गर्ने क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिवेदनले विमानस्थलमा भए गरेका कमीकमजोरीलाई कसरी सुधार गर्ने भनेर समेत करेक्टीभ एक्सन प्लान समेत दिने छ । ‘उक्त प्लान अनुसार कुन क्षेत्रमा कति सुधार गर्ने र कसरी सुधार गर्ने भन्ने विषयमा हामीलाई थाहा भए पछि हामी सोही अनुसार जाने छौं,’ क्षेत्रीले भने ।

उक्त सुधार पछि अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गर्ने अडिट पछि विगत २ वर्ष अगाडी राखेको कालो सुचीबाट समेत मुक्ती पाउने क्षेत्रीको दावी रहेको छ । विमानस्थलको स्तरलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार बनाउने लक्ष रहेको समेत उनले जानकारी दिएका छन ।

उक्त समुहमा पोर्चुगल, बेल्जीयम, भारत, यूएई, कतार लगायतका समुह रहेको समेत क्षेत्रीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL