Logo

संचयकोषका संचयकर्तालाई निःशुल्क बीमा, औषधोपचारमा १ लाख र घातक रोग लागेका १० लाखसम्म

संचयकोषका संचयकर्तालाई निःशुल्क बीमा, औषधोपचारमा १ लाख र घातक रोग लागेका १० लाखसम्म



काठमाडौं । कर्मचारी संचय कोषले आफ्ना संचयकताएको लागि बीमा गराउने भएको छ । उक्त बीमा गराउनका लागि कोषले राष्ट्रिय बीमा कम्पनीसँग बुधबार सम्झौता गरेको हो । उक्त सम्झौतामा कोषका तुसली गौतम र राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरेका हुन्

सम्झौता अनुसार संचयकर्ताको ११ लाख रुपैयाँको रिक्स कभर हुनेगरी स्वास्थ्य बीमा गराउने भएको छ । जसका लागि कोषले संचयकर्तालाई बार्षिक प्रतिव्यक्ति ४ सय २० रुपैयाँ उपलब्ध गराउने छ । जसबापत बीमा कम्पनीले संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी ११ लाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिने छ ।

कोषले संचयकर्ताको लागि निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । हाल कोषमा ६ लाख संचयकर्ता रहेको र उनीहरुलाई कोषकै आम्दानीबाट बीमा गराईने भएको छ । हाल सबै कर्मचारीको बीमा गर्न प्रक्रिया पुरा भएको र मंसिर १ गतेबाट उक्त स्वास्थ्य बीमा कार्यक्रम कार्यान्यनमा आउने कोषले जानकारी दिएको छ । उक्त बीमा गरेवापत कोषले बीमा कम्पनीलाई एकमुष्ट रुपमा २५ करोड २० लाख रुपैयाँ बीमा शुल्क बुझाउने छ ।

उक्त स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सरकारले तोकेको विभिन्न ९ प्रकारका जतिल प्रकृतिका रोग लाग्दा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराईने भएको छ । साथै बिमित बिरामी भएर अस्पताल भर्ना भई उपचार गर्दा १ लाख रुपैयाँसम्म उपलब्ध लगाईने भएको छ । साथै त्यसरी प्रदान गरिने उपचार खर्च रोगको प्रकृति अनुसार दिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL