Logo

आहा … यस्तो पो उद्योग, सिमेन्ट उद्योगमा नमुना बन्दै ‘होङ्सी शिवम्’

आहा … यस्तो पो उद्योग, सिमेन्ट उद्योगमा नमुना बन्दै ‘होङ्सी शिवम्’



काठमाडौं । उद्योग भन्ने वित्तिकै झट्ट लाग्न सक्छ जहाँ धुलो, धुवाँ र वातावरण प्रदुषण हुन्छ । अव्यवस्थित र फोहोर पनि उत्तिकै । जसले वातावरण प्रदुषित वरीपरीको समग्र वातावरणलाई विगारेको हुन्छ ।

तर, हामी यस्तो उद्योगमा पुग्यौ जहाँको वातावरण जो कोहीलाई पनि लाग्न सक्छ यो पाँच तारे होटल नै हो या विश्व स्तरीय कुनै रिसोर्ट । जसको वनावट र वरीपरीको वातावरण कुनै पाँचतारे होटलभन्दा फरक छैन । जहाँ धुलो धुवाँ कतै देख्न पाईदैन भने वरीपरी सोही अनुरुपको बगैचा तयार हुँदैछ ।

तर, त्यो कुनै होटल वा रिसोर्ट नभई चिनियाँ लगानीमा बनेको होङ्सी शिवम्’ सिमेन्ट हो । पूर्व पश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तरतिर बेनिमणिपुर गाउँमा रहेको उक्त सिमेन्ट उद्योग नेपालकै एउटा नमुना उद्योगको रुपमा दर्ता भएको छ ।

सिमेन्ट उद्योग भएर पनि न त्यहाँ धुलो धुवाँ छ न त अव्यवस्थित नै । आकर्षक भवन र सोही अनुरुपको संरचनाका कारणले सो उद्योगले जो कोहीलाई पनि मनमोहक पार्न सक्छ ।

८० बिगाह जग्गामा फैलिएको सो उद्योग चीनको होङ्सी होल्डिस ग्रूप र नेपालको शिवम् होल्डिङ्सको संयुक्त लगानीमा निर्माण गरिएको हो । कुल ३६ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सो सिमेन्ट उद्योग कम समयमा निर्माण गरिएको एउटा उद्योगको नमुना पनि हो । जसले निर्माण थालिएको १८ महिना भित्रै सिमेन्ट नै उत्पादन सुरु गरिएको थियो ।

दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योगले अहिले दैनिक ६ हजार मेट्रिक टन उत्पादन सुरु गरिसकेको छ । जसले ४ सय ५० जना कामदारलाई रोजगारी प्रदान गरेको छ । जसको प्राविधिक क्षेत्रमा चिनियाँ कर्मचारी रहेका छन् भने अन्य क्षेत्रमा नेपाली । उद्योग भित्र जुन किसमको संरचना बनेको छ त्यस्ता खालको संरचना हालसम्म नेपालमा संचालनमा आएका अन्य सिमेन्ट उद्योगमा छैन भन्दा पनि फरक नपर्ला ।

उद्योगमा छिर्ने वित्तकै होङ्सी शिवम् सिमेन्ट प्रबन्ध निर्देशक वीपेङले उद्योगको संरचना देखाउँदा भने, ‘नेपालको सबैभन्दा अग्लो स्थान सगरमाथा हो भने यहाँको सबैभन्दा अग्लो स्थान यही हो जसको उचाई १ सय ८० मिटर छ ।’ उक्त संरचना हेर्दै मनमोहक र कुनै पार्क जस्तो देखिन्छ । त्यहाँ वरीपरी बनेको कर्पोरेट भवन र बन्दै गरेको बगैचाको स्वरुप पनि उत्तिकै मनमोहक छ भने भनवको अगाडि रहेको पोखरीले उत्तिकै सौदर्य दिएको छ ।

आधुनिक प्रविधिबाट निर्मित सो उद्योगलाई सेन्ट्रल कन्ट्रोल सिस्टमबाट चलाईएको छ । जहाँ उद्योगको कन्ट्रोल रुममा बसेर प्राविधिकहरुले सबै थोक कम्प्युटरबाटै चलाउँछन् । सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ, त्यसमा आवश्यक केमिकल तथा तामक्रमजस्ता बस्तुहरु सोही सिस्टमबाट कन्ट्रोल गरिन्छ । सो उद्योगमा कसरी सिमेन्ट उत्पादन भइरहेको छ भन्ने कुरा उक्त कन्ट्रोल रुमबाटै प्रस्टसँग देख्न सकिन्छ ।

आफ्नै खानी रहेको सो उद्योगले पाल्पाबाट सिमेन्ट उत्पादनका लागि आवश्यक किक्ङ्कर ल्याउने गरेको छ । जुन सिमेन्ट उद्योगबाट २८ किलोमिटर टाढा पर्दछ । हाल किक्ङ्कर बोक्नका लागि करिव ३ सय ट्रक ओहोर दोहोर गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक वीपेङले जानकारी दिए ।

कम्पनीले तोकिएको समयसिमा भन्दा अघि नै उद्योग संचालनमा ल्याएर गतिलो उदाहरण पेश गरे पनि सरकारले गरेको प्रतिवद्धताहरु पुरा नगर्दा समस्या परेको वीपेङको गुनासो थियो । ‘काम सुरु गर्नुभन्दा पहिला सरकारले हामीलाई २४ महिना भित्र सडक र बत्ती पुर्याइदिन्छु भनेको थियो तर अहिले २७ महिना वितिसक्यो कुनै अत्तोपत्तो छैन,’ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘जसले गर्दा हामीले उच्च लागतमा सिमेन्ट उत्पादन गर्न बाध्य भएका छौं ।’

हाल उद्योगले आफैले धुलोबाट उत्पादन गरेको बिजुली र डिजेल प्लाण्टबाट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL