Logo

#ब्रेकिङ : नेपाल र थाईल्यान्डबीच नयाँ हवाई सम्झौता, हप्तामा २८ उडान गर्न पाउने सहमति

#ब्रेकिङ : नेपाल र थाईल्यान्डबीच नयाँ हवाई सम्झौता, हप्तामा २८ उडान गर्न पाउने सहमति



काठमाडौं । नेपाल र थाइल्यान्डबीच ४७ बर्षपछि नयाँ हवाई सम्झौता भएको छ । बिहिबारदेखि थाईल्यान्डमा बसेको दुई देशका सरकारी प्रतिनिधिको बैठकले शुक्रबार बिहान नयाँ सम्झौता गरेको हो । सम्झौता अनुसार अब दुवै देशले हप्तामा २८ ओटा उडान गर्न सक्नेछन् ।

सम्झौतामा विदेशी लगानीको नेपाली एयरलाइन्सले समेत थाईल्यान्डमा उडान गर्न सक्ने सहमति गरिएको छ । त्यस्तै थर्ड कन्ट्री कोड सेयरिङमा समेत आपसी व्यवस्थापन गर्ने सहमति भएको छ । उक्त सहमति अनुसार दक्षिण पूर्वी एसिया, दक्षिण एसिया र मध्य पूर्वका लागि थाईल्यान्ड नेपालको प्रवेश विन्दु हुनेछ ।

सम्झौता तत्काल नै लागु हुनेछ । नयाँ सम्झौतासँगै नेपालले सन् १९७१ म गरेको हवाई सम्झौता प्रतिस्थापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL