Logo

७२ सिटे जहाज भित्र्याउँदै बुद्ध एयर, प्राधिकरण बाधक बन्दा श्री एयरको रोकियो

७२ सिटे जहाज भित्र्याउँदै बुद्ध एयर, प्राधिकरण बाधक बन्दा श्री एयरको रोकियो



काठमाडौं । बुद्ध एयरले एटीआर ७२ जहाज ल्याउने भएको छ । नेपाली आकाशमा आफ्नो छुट्टै पहिचान बनाएको बुद्ध एयरले थप नयाँ जहाज भित्र्याउन लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाएसँगै बुद्ध एयरले थप जहाज ल्याउन लागेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन । उनका अनुसार फ्रान्सको एटीआर कम्पनीबाट उक्त जहाज ल्याउन लागिएको हो । बुद्ध एयरले सबै प्रकृया पुर्याएर यही माघमा एटीआर जहाज ७२ भित्र्याउने तयारी गरेको छ ।

७२ सिटे उक्त जहाजले हाल उडान भरिराखेका स्थानहरुमै उडान भर्ने गरी जहाज ल्याउन लागेको बुद्धले जानकारी दिएको छ । बुद्धका अनुसार जहाजमा नर्मल ट्रेडमात्रै हुने र सहुलियत दर भने रहनेछ ।

त्यस्तै श्री एयरलाईन्सले भने तत्कालै जहाज नल्याउने भएको छ । श्रीएयरले भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नपाएकाले जहाज ल्याउन नसकेको श्रीएयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाए पनि प्राधिकरणबाट अनुमति नपाउँदा श्रीएयरलाईन्सले तत्कालै जहाज ल्याउन नसक्ने भएको हो । जहाज खरिद प्रकृया अघि बढाएको श्री एयरलाईन्सले ३ महिना भित्रै ७८ सिट क्षमताका जहाज ल्याउने तयारी गरेको श्री एयरले प्राधिकरणले अनुमति नदिँदा उक्त जहाज ल्याउन नसकेको प्रवक्ता मानन्धरले बताए ।

तर प्राधिकरणका उप निर्देशक राजन पोखरेलले भने श्री एयरलाईन्सको ‘टब्रो प्रोप’ भएकाले प्रकृयामा जाँदा केही ढिला भएको जानकारी दिएका छन । ‘श्रीले भनेको जस्तो प्राधिकरणले अनुमति दिन कन्जुस्याँई गरेको भने होईन,’ उनले भने, ‘मन्त्रालयमा पनि हामीले नै हो सिफारिस गरेको ।’ पोखरेलले भने ।

भईरहेकै जहाज ल्याउने हो भने त्यस्मा कुनै समय लाग्दैन तर श्रीले ल्याउन खोजेको नयाँ जहाज टब्रो प्रोप भएकाले ढिला भएको हो । साथै प्रकृया नयाँ हुने भएकाले केही ढिला हुने पोखरेलले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL