Logo

मोबाइलमा इन्टरनेट चलाउँदा धेरै पैसा कट्यो ?, यसरी सकिन्छ घटाउन

मोबाइलमा इन्टरनेट चलाउँदा धेरै पैसा कट्यो ?, यसरी सकिन्छ घटाउन



काठमाडौं । इन्टरनेटको प्रयोगअहिले व्यापक बढीरहेको छ । नेपालमा इन्टरनेट चलाउनेमध्य ८० प्रतिशतले मोबाइलबाटै प्रयोग गर्छन् ।

अहिले दशैंको माहोल छ । चाडपर्वको फूर्सदीलो समयमा इन्टरनेटको प्रयोग समय पनि बढ्छ नै । सेवाप्रदायकहरुले मोबाईलमा ईन्टरनेट चलाउनेका लागिविभिन्न किसिमका अफर पनि यति बेला सार्वजनिक गरेका छन् ।

मोबाइलमा इन्टरनेट प्रयोग गर्ने धेरैको गुनासो हुन्छ, धेरै पैसा काटियो । मोबाईलमा थाहै नपाई पैसा सकिने मूख्य कुरो चाहीं प्रयोगकर्तामै निर्भर रहन्छ । जस्तो मोबाईल प्रयोगकर्ताले डाटाबाट ईन्टरनेट चलाईरहेको बेला मोबाईलको ब्याकग्राउन्डमा रनिङएप्लीकेसनहरुले पैसा काटिरहेको हुन्छ । यस्ता ब्याकग्राउन्डमा चल्ने एप्लीकेशनहरु बन्दगरिएमा पनि मोबाईल इन्टरनेटमार्फत बढी काटिने पैसा जोगाउन सकिन्छ ।

मोबाइलमा इन्टरनेट चलाउँदा कम पैसामै प्रयोग गर्न सकिने केही उपाय यहाँ प्रस्तुत गरिएको छ ।

  • ब्याकग्राउन्ड डाटा सिमितगर्नुहोस । मोबाईलको इन्टरनेट चलाउँदा मेल, भाईबर, म्यासेन्जर लगायत एप्सहरु अटोएक्टिभ हुने हुनाले आफुसँग उपयुक्त फोनमा उक्त सेटिङमार्फत बन्द गर्न सकिन्छ । जस्तै विभिन्न मोबाइलमा Cellular or Mobile data, and in Android, under Settings > Wireless & Networks > Data usage or Settings > Connections > Data usage  लगायतका फंक्सनहरु हुन्छन उक्त फंक्सनहरु मार्फत डाटा घटाउन सकिन्छ ।
  • मोबाईलमाभएको म्याप नेभिगेसन पनिअफगर्नुहोस । ब्याकग्राउन्डमा चलिरहने उक्तनेभिगेसनले ईन्टरनेट अन हुनासाथआफ्नो अपडेट सुरु गर्दै डाटा तथा पैसा चाँडो सकाउने गर्छ । यसले मोबाईलमा पैसा तथा डाटा सकिएको पत्तै हुँदैन ।
  • कतिपयको मोबाईलमापनि डेक्सटप भर्सनबाट इन्टरनेट चलाउने बानीपरेको हुन्छ । यदि सकिन्छ भने मोबाईलमा ईन्टरनेट चलाउँदामोबाईल भर्सनमै चलाउँदा पैसा तथा डाटाको बचत गर्न सकिन्छ । त्यसैले तपाईँले आफ्नो मोबाईलमा डाटा बचाउन डेक्सटप भर्सन भन्दामोबाईल मर्सन हेर्ने बानीपार्नुहोस ।
  •  मोबाईलमाअनलाईन भिडियो हेर्दा सबैभन्दा धेरै पैसा खर्च हुन्छ । त्यसकारण मोबाईलमाडाटाबाट ईन्टरनेट चलाउँदा सकेसम्म भिडियो नचलाएको राम्रो र सकेसम्मकमचलाएका राम्रो ।
  • कुनै पनिएप्सको अपडेट वाईफाईबाट मात्रहुने गरि सेटिङ गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
MBL