Logo

आजदेखि नयाँ नोट, कहाँ कहाँ पाईन्छ साट्न ?

आजदेखि नयाँ नोट, कहाँ कहाँ पाईन्छ साट्न ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय र निजी तथा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट (सफा तथा सुकिला नोट) सटही सुविधा दिने भएको हो ।

सवैं बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पठाईसकिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘आजदेखि नजिकै रहेका बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिन्छ’ उनले भने, ‘सरकारी र निजी सवै बैंकलाई नयाँ नोट पठाईसकिएको छ ।’

वडा दशैंका लागि एक जना व्यक्तिले बढीमा २७ हजार रपैयाँसम्म नयाँ नोट साट्न पाउने छन । तोकिएका बैंक तथा वित्तीय संस्थाबाट आफूलाई चाहिएअनुसार ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट साटन् सकिने उनले बताए । यस वर्ष कुल १३ अर्ब रुपैयाँ नयाँ नोट साटिने अनुमान गरिएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले आफू मातहतका कार्यालय, सरकारी स्वामित्वका तीन वाणिज्य बैंक र निजी बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिने भएको हो । यसका लागि सवै बैक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराई सकेको उनले बताए । आजै देखि सर्वसाधारणले आफूलाई पायक पर्ने नजिकैका बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सक्ने छन ।

केन्द्र बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका सवै कार्यालयहरु र सरकारी स्वामित्वका वाणिज्य बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने छ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ वानेश्वर, सानो ठिमी, विशालबजार, कलंकी र बालाजु शाखाबाट नयाँ नोट साट्न सकिने छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरापटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्न सकिने छ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL