Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, परिसुचक २२ अंकले बढ्दा कारोबार १ अर्बमाथी

बैंकिङ समुहले उचाल्यो नेप्से, परिसुचक २२ अंकले बढ्दा कारोबार १ अर्बमाथी



काठमाडौं । लामो सयमपछि सेयर बजारमा कारोबार रकम १ अर्ब रुपैयाँ माथी पुगेको छ । लामो समय दैनिक १५/२० करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बजारमा मंगलबार बढेर १ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिद भएको छ ।

पछिल्लो ३ साता यता कारोबार रकमा क्रमिक सुधार आएकोमा आज उच्च रुपमा बढ्दै १ अर्ब रुपैयाँको रेखा क्रस गरेको हो । जसमा १ सय ७३ कम्पनीको ४२ लाख १५ हजार कित्ता सेयर कारोबार भए ।

पछिल्लो समय उच्च रुपमा बढेको बैंकिङ समुहको परिसुचक मंगलबार पनि २९ अंकले बढेसँगै समग्र नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको हो । नेप्से परिसुचक आज २१ दशमलव ९७ अंकले बढेर नेप्से परिसुचक १ हजार २ सय ८० अंकमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ४९ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ३७ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा विकास बैंक समुहको परिसुचकमा पनि ३७ अंकको वृद्धि भएको छ भने होटल समुह २२ अंकले बढ्दा उत्पानमुलक र व्यापार समुहको परिसुचकमा पनि दोहोरो अंकको बृद्धि भएको छ ।

मंगलबार बजारमा प्रभु बैंकको सबैभन्दा बढी ८ लाख ५१ हजार रुपैयाँको सेयर खरिदबिक्री हुँदा एनआईसी एसिया बैंकको करिब ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा उच्च १० कारोबार हुने कम्पनीको साढे ३ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL