Logo

अर्थमन्त्रीले भने, बजेटको अर्धबार्षिक समिक्षा अघि पुरक बजेटको कुरै नगर्नुस’

अर्थमन्त्रीले भने, बजेटको अर्धबार्षिक समिक्षा अघि पुरक बजेटको कुरै नगर्नुस’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्थामा पुरक बजेट ल्याउने नसकिने स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल पुरक बजेटको कुरा उठाईरहँदा अर्थ मन्त्री डा. खतिवडाले भने बजेटको अर्धबार्षिक समिक्षा अगाडी पुरक बजेटको विषयमा कुनै कुरा गर्न नसकिने जानकारी दिएका छन् ।

‘पुरक बजेट भनेको कुनै संचालित आयोजनामा बढी काम भएर पैसा नपुगेमा वा बढी राजस्व संकलन भएर खर्च गर्ने ठाउँ नभएको अवस्थामा ल्याउने कुरा हो,’ आर्थिक पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले भने, ‘भर्खर बजेट कार्यान्वयन भएको २ महिना भएको छ, बजेटको अर्धबार्षिक समिक्षा अगाबै पुरक बजेटको विषयमा कुनै बहश हुनेछैन ।’ साथै पुरक बजेट ल्याउने विषयमा कुनै सरसल्लाह समेत नभएको उनको तर्क थियो ।

कार्यक्रममा उनले पछिल्लो समय राज्यका तीनवटै तहमा कर निर्धारणको विषयमा देखिएको समस्या पनि पछिल्लो समय विस्तारै मिल्दै गएको उनको तर्क थियो । साथै सो विषयमा विभिन्न कानुन समेत बनिसकेको र त्यसले टुङ्गो लगाउने समेत उनले जाकारी दिए ।

साथै उनले अर्थमन्त्रालयले चालू आर्थिक बर्षको बजेट कार्यान्वनमा आएको २ महिनाको समिक्षा गर्दै गत आबको सोही अबधिको तुलनामा ३७ प्रतिशत बढी राजस्व संकलन भएको जानकारी दिए । सरकारले चालू आबको २ महिनामा १ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गर्दा १ खर्ब ३ अर्ब रुपैयाँ राजस्व परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL