Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखी २२ घन्टा सन्चालन, आन्तरिक टर्मिनल बिहान ५ बजे नै खुल्ने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखी २२ घन्टा सन्चालन, आन्तरिक टर्मिनल बिहान ५ बजे नै खुल्ने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल आज देखि २२ घण्टा संचालनमा आएको छ ।आन्तरिक टर्मिनल २२ घण्टा संचालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २ घण्टा मात्र बन्द हुने भएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले आन्तरिक टर्मिनल उदघाटन गर्दै बिहान ५ बजे देखी खुलेको जानकारी दिएका हुन् । यस अघि बिहान ६ बजे देखि आन्तरिक टर्मिनल खुल्दा पहिलो उडान ७ बजे हुँदै आएको थियो ।

बिहान ६ बजे आन्तरिक टर्मिनल खूल्दा प्यासेन्जर ढिला आउने तथा सुरक्षा चेकिङमा ढिला हुँदा पहिलो उडान ७ बजे मात्रै हुने भए पछि आन्तरिक टर्मिनललाई बिहान ५ बजे देखी खुलाएको क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार आन्तरिक तथा अन्तरराष्ट्रिय टर्मिनललाइ सँगै राखेर हेर्न हो भने विमानस्थल २२ घण्टा संचालन हुने भएको बताए । गत जेठ ७ गते देखी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा संचालन हुँदै आएको छ ।

क्षेत्रीका अनुसार ७ बजे पहिलो उडान भर्दा अन्तरराष्ट्रिय उडानले होल्ड गर्नु परेकाले पहिलो उडान ६ बजे हुने गरी आन्तरिक टर्मिनल ५ बजे देखि नै खुला गरिएको हो । ‘हामी ५ बजोदेखि १५ देखी २० वटा आन्तरिक उडान गर्न सकेमा काठमाडौंको हवाई ट्राफिक जाम कम्तिमा पनि ४० प्रतिशत कम हुनेछ,’ उनले भने ।

क्षेत्रीका अनुसार काठमाडौंको आकासमा हवाई ट्राफिक न्युन गर्न आन्तरिक उडानलाई विहानै उडाउने भएको हो ।

काठमाडौंको आन्तरिक टर्मिनल बिहान ५ बजे खुले पनि काठमाडौ बाहिरका आन्तरिक टर्मिनल भने ६ बजे मात्र खुल्ने छ । बिहान ६ बजे देखि आन्तरिक उडान गर्दा दिउँसो आउने अन्तरराष्ट्रिय विमानहरु होल्ड गर्न नपर्ने महाप्रवन्धक क्षेत्रीको भनाई रहेको छ ।

क्षेत्रीले यस अघिनै आन्तरिक उडानलाई बिहान र दिउँसो कम गर्ने तथा बेलुका ६ बजे पछि कम्तीमा २० वटा उडान भर्ने गरी तालिका बनाइएको जानकारी दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL