Logo

राष्ट्रिय गौरबको आयोजनाले लिन सकेन गति, कुन विमानस्थलको प्रगति कति ?

राष्ट्रिय गौरबको आयोजनाले लिन सकेन गति, कुन विमानस्थलको प्रगति कति ?



काठमाडौं । राष्ट्रिय गौरबको आयोजनाको रुपमा निमार्णधिन ३ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यले गति लिन सकेको छैन ।

राष्ट्रिय गौरबको आयोजनको रुमपा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाएको गौतमबुद्ध अन्तरारष्ट्रिय विमानस्थल, निजगढ अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति निरासाजनक देखिएको हो ।

मन्त्रालयको तथ्याङक अनुसार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ४ वर्षमा ५२ प्रतिशत मात्र काम सम्पन्न भएको छ भने दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको ५ वर्षमा ३९ प्रतिशत र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको ८ वर्षमा मात्र १५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

सरकारले चालु आर्थिक वर्ष भित्रै संचालनमा ल्याउन भनेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५२ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलब ६३ रहेको छ ।

सन २०१५ मा सुरु भएको उक्त विमानस्थलको हाल सम्मको भौतिक प्रगति भने ५२ प्रतिशत मात्र सम्पन्न भएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । सो विमानस्थलको लागि आर्थिक बर्ष २०७४÷०७५ मा १३ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उपाध्याका अनुसार अबको कुल काम मध्ये ७० प्रतिशत भौतिक निर्माण कार्य र ३० प्रतिशत इलेक्ट्रोनिक मेकानिकल लगायत अन्य क्षेत्रको काम भएकोले चालु आबमा उक्त काम सम्पन्न गरी विमानस्थल संचालनमा ल्याइने छ ।
त्यस्तै दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको काम ३९ दशमलब ४४ प्रतिशत सम्पन्न भएको छ । सो विमानस्थल निर्माणका लागि कुल १ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा हाल सम्म १७ दशमलब ६२ प्रतिशत वित्तीय प्रगति भएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

आब २०७१÷०७२ बाट निर्माण कार्य सुरु भई २०७८÷०७९ मा सम्पन्न गर्ने लक्ष लिएको सो विमान स्थलको मोडालिटि तय हुन नसक्नु तथा आयोजनाको लागि पूर्व तयारी नहुनु मूख्य समस्या भएको मन्त्रालयले जानकारी दिएको छ । सो आयोजनाको डीपीआरको लागि आरएफपी (रिक्वेष्ट फर प्रपोजल) माग भएको मन्त्रालयले जानकारी दिएको छ ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति भने १५ प्रतिशत मात्र भएको मन्त्रालयले जानकारी दिएको छ । सन २०११ मा सुरु भएको सो विमानस्थल निर्माण्का लागि आब २०७४÷०७५ मा ४ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, सो बजेट समयमै निकासा नहुँदा कार्यान्वयनमा समस्या उत्पन्न भएको हो ।

आयोजनाका अनुसार निर्माण कार्य तीब्र बनाएको भए पनि हालसम्मको भौतिक प्रगति भने १५ प्रतिशत र वित्तीय प्रगति ३० दशमलब ०४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL