Logo

ओली सरकारको ५ महिने उपलब्धी सार्वजनिक, सिण्डिकेट अन्त्यदेखि सार्वजनिक खर्चमा मितव्ययितासम्म

ओली सरकारको ५ महिने उपलब्धी सार्वजनिक, सिण्डिकेट अन्त्यदेखि सार्वजनिक खर्चमा मितव्ययितासम्म



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफुले कार्यभार सम्हालेसँगै गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धीको फेहरिस्त सार्वजनिक गरेको हो ।

सरकारले आफ्नो ५ महिने कार्यकालको उपलब्धी सार्वजनिक गर्दै सुन तस्करमाथीको कारबाही, सिण्डिकेटको अन्त्य, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य तथा औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई प्रमुख उपलब्धीको रुपमा लिएको छ ।

यसैगरी नारायणगढ मुग्लिन सडक स्तरोन्नती, तुईन विस्थापित, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ ।

यसैगरी, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नु, तथा नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारले आफ्नो उपलब्धीको सूचीमा राखेको छ ।

पेट्रोलियम चुहावट रोक्न लकिङ सिस्टम, राजदूत नियुक्तीमा नयाँ मापदण्ड, डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, सार्वजनिक खर्चमा मितव्यीता, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिताजस्ता विषय सरकारले आफ्नो उपलब्धीको रुपमा लिएको छ ।

सरकारको उपलब्धी विस्तृतमा

प्रतिक्रिया दिनुहोस्
MBL