Logo

इन्जिनमा समस्या आएपछि निगमको एयरबस दोहामा ग्राउन्डेड, अन्तरराष्ट्रिय उडान प्रभावित हुने

इन्जिनमा समस्या आएपछि निगमको एयरबस दोहामा ग्राउन्डेड, अन्तरराष्ट्रिय उडान प्रभावित हुने



काठमाडौं । इन्जिनमा समस्या देखिएपनि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस कतारको दोहामा ग्राउन्डेड भएको छ ।
नियमित उडानका क्रममा दोहा पुगेको उक्त एयरबसमा शुक्रबार बेलुका समस्या देखिएको निगमले जनाएको छ । विमानको एउटा इन्जिनमा समस्या देखिएपनि ग्राउन्डेड हुन पुगेको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार ए३२० सिरिजको उक्त विमानमा समस्या आएपछि अन्तरराष्ट्रिय उडान समय तालिका परिवर्तन हुन सक्नेछ । हाल अन्तरराष्ट्रिय तर्फ दुई ओटा न्यारोबडी एयरबस र एउटा बोइङमार्फत निगमले उडान गर्दै आएको छ ।

यसबाहेक गत असार १४ गते भित्रिएको पहिलो वाईडबडी एयरबसमार्फत पनि निगमले उडान गरिरहेको छ । दोस्रो वाईडबडी जहाज पनि उडान अनुमति लिने प्रक्रियामा छ ।

न्यारोबडीको इन्जिनमा समस्या आएपछि अन्तरराष्ट्रिय उडानका कुनै कुनै समय परिवर्तन हुन सक्ने निगमले जनाएको छ । जहाज ग्राउन्डेड भएपछि निगमले क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL