Logo

नेप्से परिसुचक घट्दा कारोबार १६ करोडमै खुम्चियो, कहाँ हराए लगानीकर्ता ?

नेप्से परिसुचक घट्दा कारोबार १६ करोडमै खुम्चियो, कहाँ हराए लगानीकर्ता ?



काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार १७ करोड रुपैयाँभन्दा तल नै खुम्चिएको छ । कुनै समय दैनिक १ अर्ब रुपैयाँभन्दा माथीको सेयर खरिदबिक्री हुने गरेकोमा पछिल्लो समय खुम्चिँदै १५/१६ करोड रुपैयाँमा आएको छ ।

आईतबार नेप्से परिसुचक ओरालो लाग्दै सेयर कारोबार १६ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ । बजारमा कुनै पनि कम्पनीको सेयर ८० लाख रुपैयाँभन्दा माथी खरिदबिक्री हुने सकेन ।

पछिल्लो समय नेप्सेले वियरिस ट्रेण्ड समातेसँगै लगानीकर्ताहरु हतोत्साहित भएर बजारबाट बाहिरिएकाले कारोबार रकममा क्रमश गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजारमा प्लेयरका रुपमा आएका धेरैजसो लगानीकर्ता अब ५/६ महिना बजार बढ्दैन भनेर अन्य क्षेत्रमा लागेका छन्,’ एक लगानीकर्ताले भने, ‘यस अघि बजार टिकाउँदै आएका साना लगानीकर्ता पनि पैसा नभएका कारण समस्यायमा परेका छन् ।’

बजारमा बढ्दो सेयरको फ्लो, लगानीयोग्य पूँजीको अभाव, सेयर कर्जामा बैंकले लिने उच्च ब्याजदरजस्ता कारणले गर्दा पनि बजारप्रति लगानीकर्ताको नकारात्म धारणा भएको एक लगानीकर्ताले जानकारी दिए । ‘सेयर बजारमा लगानीकर्ताले बैंकबाट ऋण लिएर लगानी गर्ने हुन्,’ ती लगानीकर्ताको भनाई थियो, ‘अहिले बजारमा लगानी योग्य पूँजीको अभाव छ भने ब्याजदरका कारण कर्जा लिएर सेयरमा लगानी गर्ने अवस्था पनि छैन ।‘अहिले बजारमा लगानी योग्य पूँजीको अभाव छ भने ब्याजदरका कारण कर्जा लिएर सेयरमा लगानी गर्ने अवस्था पनि छैन ।’

आईतबार बजार खुलेको केही समय बढेर ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ दशमलव ४३ अंकले घट्न पुग्यो । जसमा प्राःय जसो समुहको परिसुचक ओरालो लागेका छन् । तर, बजारमा कुनै पनि समुहको परिसचुक ३० अंकभन्दा माथी घटबढ हुन सकेन । बजारमा दिनभर १ सय ६० कम्पनीको ५ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL