Logo

टेलिकमका प्रिपेड ग्राहकलाई पनि रोमिङ सुविधा, भारतबाट सुरु

टेलिकमका प्रिपेड ग्राहकलाई पनि रोमिङ सुविधा, भारतबाट सुरु



नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई पनि रोमिङ सेवा प्रदान गर्ने भएको छ । यस अघि पोष्टपेड ग्राहकलाई मात्र अन्तरराष्ट्रिय रोमिङ सुविधा दिँदै आएकोमा अबका दिनमा प्रिपेड ग्राहकलाई पनि सो सुविधा दिन लागिएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजमण्डारीले जानकारी दिईन ।

प्रिपेड ग्राहकलाई अन्तरराष्ट्रिय रोमिङ सुविधा उपलब्ध गराउनका लागि अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिईन । ‘प्रिपेड ग्राहकलाई रोमिङ दिनका लागि टेलिकमले अहिले परीक्षण गरिरहेको छ,’ उनले भनिन्, ‘सम्भबत यहि महिना हामीले कार्यान्यनमा ल्याउने छौं ।’

हाल टेलिकमले पोष्टपेडका ग्राहकलाई ५० देशभन्दा बढिमा रोमिङ सुविधा उपलब्ध गराउँदै आएको छ । अबका दिनमा सोही अनुरुप प्रिपेड ग्राहकलाई पनि रोमिङ सुविधा उपलब्ध गराउन लागिएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकममा अनुसार सुरुमा प्रिपेड ग्राहकलाई भारतमा रोमिङ सुविधा उपलब्ध गराईने छ । ‘हामीले पहिलो चरणमा भारतमा उक्त सेवा उपलब्ध गराउने छौं,’ राजभण्डारीले भनिन्, ‘त्यससँगै पोष्डपेडलाई रोमिङ सुविधा उपलब्ध गराईएका सबै देशहरुमा प्रिपेडलाई पनि उपलब्ध गराउने छौं ।’

प्रिपेडमा रोमिङ सुविधा लिए वापत ग्राहकसँग कति सेवा शुल्क लिने भन्ने विषयमा भने एकिन भनईसकेको उनले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL