Logo

मार्जिन कारोबार गर्न नेप्सेलाई राष्ट्र बैंकको सहमति, कहिले आउला कार्यान्यनमा ?

मार्जिन कारोबार गर्न नेप्सेलाई राष्ट्र बैंकको सहमति, कहिले आउला कार्यान्यनमा ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई मार्जिन कारोबार गर्नका लागि सैदान्तिक समहति दिएको छ । केही समय अघि नेप्सेबाट मार्जिन कारोबार गर्नका लागि माग भई आएकोमा उक्त प्रक्रिया अघि बढाउन सहमति दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार अबका दिनमा मार्जिक कारोबार गर्ने इच्छुक कम्पनीको पूँजी, सेयर संरचना तथा अन्य आवश्यक विवरण हेरी स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । नेप्सेले पेश गरेको कम्पनीलाई राष्ट्र बैंकले स्वीकृति दिएसँगै यस अघि मार्जिन कारोबार सम्बन्धी कार्यविधिले तोकेको मापदण्डभित्र रहेर नेप्सेले मार्जिन कारोबार सुरु गर्न सक्नेछ । तर, त्यसका लागि नेप्सेले आवेदनको आधारमा मापदण्ड भित्रका कम्पनी स्वीकृति प्रदानका लागि राष्ट्र बैंकमा पठाउनुपर्ने पौडेलले जानकारी दिए ।

केही समयअघि धितोत्रप बोर्डले मार्जिन कारोबार सम्बन्धी एक कार्यबिधी बनाएको थियो । कार्यविधिको मापदण्ड अनुसार कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति ऋणात्मक धनात्मक रहेको, दोस्रो बजारमा अघिल्लो आर्थिक बर्षभर कम्तिमा ८० प्रतिशत कारोबार भएको, पछिल्लो दुई आर्थिक बर्षमा कम्तीमा १० प्रतिशत लाभांश दिएको र आर्थिक बर्षको प्रथम ६ महिनाभित्रै साधारणसभा सम्पन्न गरेको हुनुपर्ने व्यवस्था छ ।

उक्त मापदण्ड भित्र रहेका कम्पनीहरुलाई नेप्सेको सिफारिसमा मार्जिन कारोबार गर्न सहमति दिइने समेत पौडेलले जानकारी दिए । यस्तै, मार्जिन कारोवार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने नीतिगत व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL