Logo

गत आबमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गर्यो, हेर्नुहोस कसको कति कारोबार ?

गत आबमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गर्यो, हेर्नुहोस कसको कति कारोबार ?



काठमाडौं । गत आर्थिक बर्षमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गरेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्याङ्क अनुसार भिजन सेक्युरिटिजले सेयर खरिद बिक्री गरी कुल १२ अर्ब ५८ करोड ४५ लाख रुपैयाँको कारोबार गरेको छ । जसमा भिजनले ६ अर्ब ४१ करोड १४ लाख रुपैयाँको सेयर बिक्री गर्यो भने ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँको सेयर खरिद गरेको नेप्सेको तथ्याङ्कले देखाएको छ ।

बर्षभरी कुल १ खर्ब २१ अर्ब रुपैयाँको सेयर करोबार भएकोमा त्यसको करिब १० प्रतिशत हिस्सा भिजनले लिएको छ । यसैगरी अनलाईन सेक्युरिटिजले दोस्रो बढि सेयर कारोबार गरेको छ । गत आबमा अनलाईनले खरिद र बिक्री गरी कुल १२ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । जसमा ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँको सेयर बिक्री गर्दा ६ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।

यसैगरी नासा सेयक्युरिटीजले तृतिय स्थानमा रहँदै १० अर्ब ६१ करोड रुपैयाँको सेयर खरिदबिक्री गरेको छ भने चौथौ स्थानमा रहेको श्रीकृष्ण सेक्युरिटीजले १० अर्ब १७ करोड र पाचौं स्थानमा रहेको एबीसी सेक्युरिटीजले पनि १० अर्ब ११ करोड रुपैयाँकै सेयर खरिदबिक्री गरेको छ ।

हेर्नुहोस कुन ब्रोकरले कतिको सेयर खरिदबिक्री गरे

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL