Logo

२४ प्रतिशतले घट्यो नेप्से परिसुचक, बजार पूँजीकरणमा सवा ४ अर्बको गिरावट

२४ प्रतिशतले घट्यो नेप्से परिसुचक, बजार पूँजीकरणमा सवा ४ अर्बको गिरावट



काठमाडौं । चालू आर्थिक बर्ष सेयर लगानीकर्ताका लागि निरासजनक बन्न पुग्यो । गत आर्थिक बर्षमा कमाएका लगानीकर्ताले चालू आबमा गुमाउन मात्र बाध्य भए ।

चालू आबमा सेयर बजार २३ दशमलव ८६ अंकले घटेको छ । गत आर्थिक बर्षको अन्तमा १ हजार ५ सय ९२ दशमलव ६७ अंकमा रहेको नेप्से परिसुचक चालू आबको अन्तिम दिन आज १ हजार २ सय १२ अंकमा झरेर अडिएको छ । समग्रमा बर्षभर नेप्से परिसुचक ३ सय ८० अंकले घटेको छ ।

बर्षभरी उचारचढाव भएको नेप्से परिसुचक बाम गठबन्धनको सरकार बनेसँगै उच्च रुपमा ओरालो लागेको हो । सरकारले सेयर बजारको सम्बन्धमा बजेटमार्फत गरेको व्यवस्था तथा अन्य कारणले गर्दा लगानीकर्ताहरु ससंकित बन्न पुगेका छन् । लगानीकर्ताको घट्दो मनोबलका कारण पछिल्लो समय सेयर बजार लगातार ओरालो लागिरहेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

बजारमा बढ्दो सेयरको फ्लो, उच्च बैंक ब्याजदर तथा लगानीयोग्य पूँजी अभावका कारण बजार घटिरहेको सम्बद्ध लगानीकर्ताहरुको गुनासो छ । यसैगरी सेयर बजारका सम्बन्धमा सरकारको अस्थिर नीतिका कारण पनि बजारमा नकारात्मक प्रभाव पर्न गएको छ ।

२०७३ साउन यता चालू आबको चैतमा हालसम्मकै न्युनतम अंकमा नेप्से परिसुचक झरेको थियो । सोही अनुरुप चैतमा नेप्से परिसुचक १ हजार १ सय ६८ अंकमा झरेको थियो । यो आबमा सेयर बजारमा कारोबार रकमले पनि उत्साह ल्याउन सकेन ।

नेप्सेमा बजार पूँजीकरण पनि उच्च रुपमा घटेको छ । अघिल्लो आबको अन्तिम दिन कुल १८ अर्ब ५६ रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको नेप्से चालू आबको अन्तिम दिन आईपुग्दा १४ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । सो अबधिमा बजार पूँजीकरण ४ खर्ब २१ अर्ब रुपैयाँले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL