Logo

पूँजीगत खर्च संशोधित लक्ष्यभन्दा माथी, एक दिनमा उठ्ला १६ अर्ब राजस्व

पूँजीगत खर्च संशोधित लक्ष्यभन्दा माथी, एक दिनमा उठ्ला १६ अर्ब राजस्व



काठमाडौं । चालू आर्थिक बर्षको अन्त्यसम्ममा आईपुग्दा सरकार पूँजीगत खर्च परिचालनमा एग्रेसिभ रुपमा अघि बढेको छ । सरकारले संशोधित लक्ष्य अनुसार चालू आबमा ७१ प्रतिशत पूँजीगत खर्च गर्ने रहेकोमा यो आब सकिन १ दिन बाँकी रहँदा त्यस्तो खर्च परिचालन ७६ दशमलव १३ प्रतिशत पुगेको छ ।

यसैगरी पछिल्लो दिनमा सरकार राजस्व उठौतीमा पनि एग्रेसिभ रुपमा अघि बढेको देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार सरकारले चालू आबको एक दिन अघिसम्म आईपुग्दा कुल राजस्वको ९७ दशमलव ९८ प्रतिशत राजस्व संकलन गरिसकेको छ । सरकारले बजेटमार्फत टार्गेट गरेको राजस्व संकलन गर्न चालू आबको अन्तिम दिनमा करिब १६ अर्ब रुपैयाँ रावस्व संकलन गर्नुपर्ने छ ।

पछिल्लो समय राजस्व संकलन तथा परिचालनमा एग्रेसिभ हुँदै गएको सरकारले पूँजीगत र वित्तीय खर्च पनि सोही अनुरुप परिचालन गरेको छ । असार ३१ गतेसम्म ८२ दशमलव ७१ प्रतिशत बजेट परिचालन गरेको छ । जसमा चालू खर्चतर्फ ८६ दशमलव ३७ प्रतिशत रहेको छ भने वित्तीय खर्चतर्फ ७७ दशमलव ४९ प्रतिशत खर्च परिचालन भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL