Logo

भदौं १४ गतेपछि तत्कालिन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ती बदर

भदौं १४ गतेपछि तत्कालिन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ती बदर



काठमाडौं । सरकारले भदौं १४ गते पश्चात तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सबै राजनीतिक नियुक्ती बदर गर्ने निर्णय गरेको छ ।

बुधबार राती बसेको मन्त्रिपरिषद्को बैंठकले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आचार संहिता लागू भए पश्चात फागुन २ गतेसम्म देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ती बदर गर्ने निर्णय गरेको हो ।

सरकारले निर्वाचन आचार संहिता लागू भएपश्चातमा मन्त्रालयका अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपश्चात तत्कालिन देउवा सरकारले गैर कानुनी रुपमा राजनीतिक नियुक्ती गरेको भन्दै सरकारले उक्त नियुक्ती बदर गर्ने निर्णय गरेको संचार तथा सुचना प्रविधि तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL