Logo

दैनिक साढे १० अर्ब पूँजीगत खर्च गर्नुपर्ने दबाबमा सरकार, असारे विकासले होला सम्भव !

दैनिक साढे १० अर्ब पूँजीगत खर्च गर्नुपर्ने दबाबमा सरकार, असारे विकासले होला सम्भव !



काठमाडौं । पछिल्लो समय सरकारको पूँजीगत खर्च परिचाल क्षमता कमजोर बन्दै गएपछि चालू आर्थिक बर्षमा पनि सरकार दबाबमा परेको छ ।

सरकारले चालू आर्थिक बर्षका लागि कुल ३ खर्ब ३५ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा असारको १५ गतेसम्म आईपुग्दा जम्मा १ खर्ब ७५ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ ।

सरकारले विनियोजन गरेको बजेट अनुसार पूँजीगत खर्च पूर्णरुपमा परिचालन गर्न सरकारले अबको १५ दिनमा १ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ खर्च गर्नुपर्ने दबाब छ । उक्त खर्च गर्नका लागि सरकारले दैनिक १० अर्ब ६२ करोड रुपैयाँ पूँजीगत खर्च गर्नुपर्छ ।

यस्तै सरकारले संसोधित अनुमान अनुसार पनि चालू आबमा कुल बजेटको ७१ दशमलव २ प्रतिशत पूँजीगत खर्च गर्नुपर्नेछ । जसको लागि पनि दैनिक ४ अर्ब २५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

यसअघि सरदर हिसाव गर्दा दैनिक ५० करोड रुपैयाँ बजेट परिचालन गरेको अर्थ मन्त्रालयले अबको १५ दिनमा दैनिक ४ अर्ब २५ करोड रुपैयाँ पूँजीगत खर्च कठिन रहेको सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

तर, अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गाना भने पछिल्लो पटक सरकारले संसोधित अनुमान गरेको पूँजीगत खर्चको आसपासमा बजेट परिचालन हुने बताउँछन् । ‘हामीले पछिल्लो पटक ७१ दशमलव २ प्रतिशत पूँजीगत खर्च परिचालन गर्ने अनुमान गरेका छौं,’ उनले भने, ‘चालू आबको अन्तिम सम्ममा त्यसको नजिक पुग्नेछौं ।’

असारका अन्मितमा धेरै भुक्तानी हुने र कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट काटिएका कतिपय चेकहरु पनि नसाटिएकाले सकारको खर्चमा नदेखिएको उनको भनाई थियो । तर, असार अन्तिमसम्म ती सवै भुक्तानी हुने भएकाले पूँजीगत खर्च ७१ प्रतिशतको हाराहारीमा पुग्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL