Logo

नेपाल आईपुग्यो निगमको पहिलो वाइडबडी एयरबस, कहाँ कहाँ भर्दैछ उडान ?

नेपाल आईपुग्यो निगमको पहिलो वाइडबडी एयरबस, कहाँ कहाँ भर्दैछ उडान ?



काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ ए ३३० काठमाडौं आईपुगेको छ । निगमले आज पहिलो वाईडवडी जहाज नेपाल ल्याएको हो ।

निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान बिहीबार विहान काठमाडौं आई पुगेको हो । सो जहाज ए ३३० भने फ्रान्सको ट्युलसबाट नेपाली समय अनुसार करिब १२ बजे उडेको थियो । जहाजलाई नेपाल आर्ईपुग्न करिब ८ घण्टा ३० मिनेट लागेको निगमले जानकारी दिएको छ ।

विमान नेपाल आईपुगेसँगै नेपाल वायुसेवा निगमलाई चुनौती थपिँदै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए ।

उनका अनुसार सो विमानलाई विश्वमा पुर्याउन ल्याएको र नयाँ भित्रिएको विमानले देशका विमानहरुसँग प्रतिश्पर्धा गर्नु पर्ने चुनौति रहेको बताए । साथै मन्त्री अधिकारीले पर्यटन बर्ष २०२० लाई मात्र नभएर पर्यटक प्रवद्र्धनको लागि सो जहाज कोसेढुङगा सावित हुने बताएका छन ।
मन्त्री अधिकारीले २०१९ मा न्यारोबडी आउने सैद्धान्तिक सहमति भएको जानकारी दिँदै ६ वटा ट्वीनअटर ल्याउन समेत सैद्धान्तिक सहमति भएको बताएका छन । व्यवसायीक योजनालाई प्रभावकारी बनाएर अगाडी बढाउनु पर्ने समेत उनको भनाई थियो ।

निगम सँग ए ३२० जहाज २ वटा पहिले नै छ भने अर्को बोईङ १ महिना पछि नेपाल आईपुग्ने छ । कुल २७४ सिट क्षमताको वाइडबडीले अबको दुई देखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायीक उडान शुरु गर्ने भएको छ ।

निगमले २०७३ चैत २५ गतेनै अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमानको मूल्य करिव २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ ।

सम्झौता अनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो । तर, झण्डै साढे दुई महिनापछि पहिलो विमान काठमाडौंमा आई पुगेको हो भने अर्को विमान एक महिना पछि नेपाल आई पुग्ने छ ।

निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा ५ अर्ब रुपैंयाको व्यापार बढ्ने दाबी गरेको छ ।

वाईडवडीको नयाँ गन्तव्य

निगमले नयाँ वाइडबडी विमानबाट संयुक्त अरब इमिरेट्सको दुबै, दोहा, मलेसिया, हङकङ लगायतका स्थानमा उडान भर्ने छ । यस्तै दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।

ती उडान गन्तव्य तय गर्नका लागि आवश्यक कार्यसमेत शुरु गरिसकेको निगमले जानकारी दिएको छ । प्रमुख लक्ष्य विदेशी पर्यटक भित्रयाउने भए पनि नेपाली यात्रु बढि हुने गन्तव्यमा उडान गर्न लागेको निगमले जानकारी दिएको छ ।

निगमले हाल अन्तरराष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँ दिल्ली बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा विमानबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL