Logo

नेपाली जहाजले सिधै जापान उडान गर्न पाउने, उडान सम्झौता नविकरण

नेपाली जहाजले सिधै जापान उडान गर्न पाउने, उडान सम्झौता नविकरण



काठमाडौं । करिब १५ वर्षपछि नेपाली जहाजले सिधै जापानसम्म उडान गर्न पाउने भएका छन् । जापानसँगको २५ वर्ष पुरानो हवाई सम्झौता सोमबार नविकरण भएसँगै नेपाली जहाजले पनि जापान गन्तव्य बनाउन सक्ने भएका हुन् ।

टोकियोमा बसेको दुई देशका सम्बद्ध अधिकारीबीचको वार्ता पछि सम्झौता नविकरणमा सहमति जुटेको हो ।

नयाँ सम्झौता अनुसार जापानको हानिदा विमानस्थलबाहेक बाँकी सबै विमानस्थलमा नेपाली जहाजले उडान अनुमति पाउनेछन् । त्यस्तै हप्तामा १४ ओटा उडान भर्न सक्ने गरी सम्झौता भएको छ ।

सन् १९९३ फेब्रुअरीमा भएको सम्झौता अनुसार नेपालले हप्तामा तीन ओटा त्यो पनि ओसाकामा मात्र उाडन गर्न सक्ने प्रावधान थियो ।

पछिल्लो सम्झौताले नेपाल वायुसेवा निगमलाई जापानसम्म गन्तव्य विस्तार गर्न अवसर पनि उपलब्ध गराएको छ । सम्झौतामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिकक उड्ययन मन्त्री कृष्ण प्रसाद देवकोटाले हस्ताक्षर गरेका छन् । उनीसँगै मन्त्रालयका उपसचिव प्रमोद नेपाल पनि वार्तामा सहभागि थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL