Logo

घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीले भने, ‘अब खेतीयोग्य र शहरमा घर बनाउने सपना नदेख्नु, सरकारले स्थान तोकिदिन्छ’

घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीले भने, ‘अब खेतीयोग्य र शहरमा घर बनाउने सपना नदेख्नु, सरकारले स्थान तोकिदिन्छ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनका खेतीयोग्य र शरहमा घर तथा अपार्टपेन्ट बनाएर बेच्ने सपना नदेख्न सम्बद्ध व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘अब जहाँ सजिलो छ त्यहाँ जग्गा किनेर घर बनाएर बेच्ने होइन,’ सातौ घरजग्गा मेलामा उनले भने, ‘अब २०/५० वटा घर वा सानो टुक्रा जग्गामा घर बनाएर तला तला बेच्ने होइन सरकारले परिकल्पना गरेको ठूला राजमार्गको आसपासमा ठूला शहर बनाउने तर्क केन्द्रित हुनुस ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले घर जग्गा व्यवसायीहरुलाई आफ्नो सोचमा परिवर्तन ल्याउन समेत आग्रह गरेका छन् । यसअघि व्यवसायीले जहाँ सजिलो छ, जहाँ खेती योग्य जमिन छ र जहाँ घर बनाउदा सजिलै विक्छ त्यहि घर बनाएर बेच्दै आएका छन्,’ उनले भने, ‘अबका दिनमा घरजग्गा व्यवसायीले खेतीयोग्य जमिन मासेर आफुखुशी घर बनाएर बेच्दा सरकार टुलुटुलु हेरेर बस्दैन ।’

अहिले कामठमाडौं निर्माण व्यवसयीले घर बनाएर काम नलाग्ने इट्टा फाक्ने डम्पिङसाइट जस्तो भएको समेत उनको भनाई छ । ‘काठमाडौंमा बसन्तपुर दरबार, हनुमानठोका, पशुपतिनाथजस्ता सास्कृतिक सम्पदा छन्,’ उनले भने, ‘अहिले जथाभावी घर बनाउँदा ती कहाँछन् खोज्नुपर्ने अबस्था आएको छ । ’

साथै ओलीले व्यवसायीहरुलाई अबका दिनमा गाउँगाउँमा रहेका असुरक्षित बस्तीमा सुरक्षित स्थानमा स्थनान्तरण गर्न समेत आग्रह गरेका छन् । ‘अहिले पनि गाउगाउँमा जनताहरु पहाडको टुप्पामा जोखिमपूर्ण रुपमा घर बनाएर बसेका छन्,’ उनले भने, ‘ती बस्तीमा सुरक्षित स्थानमा एकिकृत बस्ती बनाएर स्थनान्तरण गर्नु त्यसमा सरकारले सहयोग गर्नेछ ।’

अबका दिनमा सरकारले अघि बढाएको नौमुरे आयोजना, कमलामसि डाइभर्सनको ढल्केबर, लुम्बिनीलगायतका स्थानमा ठूला बस्ती बसाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा व्यवसायीहरुले सरकारले जग्गाको कित्ताकाट खुला गर्नुपर्ने, व्यवसायीहरुलाई सहज रुपमा जग्गा एकिकरण गरेर हाउजिङ बनाउन दिनुपर्ने जस्ता माग राखका थिए । तर, प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले व्यवसायीका सबै माग सम्बोधन गर्न नसकिने बताउँदै व्यवसायीलाई परेका जायज समस्याको जसरी भएपनि समाधान गरिने बताए ।

यसैगरी अबका दिनमा कृषि योग्य जग्गा एकिकरण गरेर आधुनिक कृषि प्रणालीमा लाग्न समेत आग्रह गरेका छन् । ‘अहिलेको कृषि प्रणाली अनुसार खेत बारीमा ट्याक्टर होइन गोरु लगाएर पनि जोत्न नमिल्ने गरी टुक्राटुक्रा पारिएको छ,’ उनले भने, ‘अबका दिनमा जग्गा एकिकरण गरेर हजारौं विगाहा जमिनमा आधुनिक प्रणालीबाट कृषि गरिनुपर्छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL