Logo

व्यवसायीलाई पनि बढ्दैछ विश्वकपको ज्वरो, को कसका समर्थक ?

व्यवसायीलाई पनि बढ्दैछ विश्वकपको ज्वरो, को कसका समर्थक ?



विश्वभर फुटबल ‘वल्र्डकप’को पारो निकै चढ्दैछ । विश्वकप आउन करिब एक हप्ता बाँकी रहँदा फुटबल रुचाइने नेपालमा पनि त्यसको चहलपहल स्वभाविक देखिएको छ । हरेक क्षेत्र, वर्गका व्यक्ति विश्वकपमा आफ्नो समर्थनसहितको जर्सी लगाएर सामाजिक सञ्जालमा उपस्थित छन् । यस्तो माहोलमा नेपालको व्यावसायिक क्षेत्र पनि यसबाट टाढा छैन ।

यही क्रममा हामीले उद्योगी व्यवसायीलाई यसपटकको विश्वकक कसरी हेर्दे हुनुहुन्छ, कुन देशलाई समर्थन गर्नुहुन्छ सोधेका थियौं । हामीले प्रश्न गरेका सबैजसो उद्योगी व्यवसायीले विश्वकप महाकुम्भ मेला भएको र यसलाई नछुटाईकन हेर्ने बताएका थिए ।

सेमीफाइनल पुगेपछि मात्र समर्थन

भवानी राणा,
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ


सेमीफाइनल चरणमा पुगेपछि मात्र म विश्वकप विशेष चाख दिएर हेर्ने गर्छु । लिग चरणदेखिका खेलहरु हेरिन्छ तर सेमीफाइनालमा पुगेपछि भने कुनै देशको समर्थनमा विशेष महत्व दिएर हेरिन्छ ।

लिगचरणका खेलहरु प्रायजसो घरमै बसेर परिवारसँग हेरिन्छ । ती खेलमा सो दिन जसले राम्रो खेल्छ त्यसैलाई समर्थन गरिन्छ ।तर, सेमीफाइनल तथा फाइनल खेल भने कुनै एक टीमको समर्थमा आफन्त तथा साथीभाईसँग ठूलो पर्दामा हेर्ने योजना बनाएको छु ।

अहिले पनि विश्वकपलाई कसरी हेर्ने भन्ने विषयमा परिवार तथा साथीभाईसँग सल्लाह गरिरहेका छौं । सम्भव भए परिवार र साथीभाईसँग बसेर कुनै एउटा घरमा ठूलो पर्दामा हेरिन्छ ।
ब्राजिलको खेल नछुटाई हेर्छु

राजेन्द्र मल्ल
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

विश्वकप भन्ने वित्तिकै म जहिले पनि नछुटाईकन हेर्छु । लिगचरणका प्रायजसो खेलहरु घरमै बसेर हेरिन्छ । तर, सेमी फाइनल तथा फाइनल खेल भने आफै टोलमा साथीभाईसँग खानपानमा रमाईलो गर्दै हेरिन्छ ।

मलाई फुटबल खेल सानो उमेरदेखि नै मन पर्छ । अहिले पनि फुटबललाई एकदमै चाख दिएर हेर्छु । विश्वकपमा सबैभन्दा मनपर्ने टिम ब्राजिल हो । ब्राजिलको प्रत्येक खेल नछुटाईकन हेर्ने योजना छ ।

मेलै विश्वकप हेर्दा कहिले पनि पैसाको बाजी लगाएर हेरिन र यो वर्षपनि त्यस्तो योजना छैन । तर, हामीहरु सेमीफाइनल र फाइनल खेल हेर्दा सो दिनको खानपानको बाजी भने लगाउँछौं । त्यसमा जसले समर्थन गरेको टीमले हार्छ सो दिनको खानपाको सबै व्यवस्था सोही व्यक्तिले गर्नेछ ।

३६ वर्षदेखि निरन्तर विश्वकप हेरेको छु

देवीप्रकाश भट्टचन
अध्यक्ष, प्रभु ग्रूप

मैले सन् १९८२(३६ वर्ष) देखि नछुटाईकन लगातार विश्वकप हेर्दै आएको छु । मलाई फुटबल भन्ने वित्तिकै एउटा कर्पोरेट टीमको झल्को आउँछ । फुटबल खेल हेर्दा कुनै पनि व्यवसायलाई कसरी सफलता पूर्वक अगाडि लैजान सकिन्छ भन्ने ज्ञान प्राप्त हुन्छ ।

एउटा फुटबल टीममा फरवार्ड, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, गोलकिपर हुन्छन् । यी सबैको राम्रो ‘कम्विनेशन’बाट मात्रै खेल जित्न सकिन्छ । त्यसमध्ये कुनै एउटा पक्षले साथ दिएन भने खेल जित्न कठिन हुन्छ ।

सोही अनुरुप कुनै पनि व्यवसाय संचालनको लागि सबै सबै तहतत्काका कर्मचारीको फुटबल खेलजस्तै सहकार्य चाहिन्छ । फुटबल खेल कर्पोरेट टीमवर्क भएकाले पनि विश्वपलाई नछुटाईकन हेर्छु ।

विश्वकममा मैले समर्थन गर्दै आएको देश ब्राजिल हो । विश्वकप साथीभाइसँग भन्दा पनि घरमा एक्लै बसेर हेर्छु । मलाई होहल्लामा बसेर हेर्न मन नपर्ने भएकाले विश्वपकमा लिगचरण देखि फाइनलसम्मका खेल घरमा एक्लै बसेर हेर्ने योजना छ
विश्वकपमा जर्मनीलाई समर्थन

विनायक शाह  
महासचिव, नेपाल होटल संघ(हान)

फुटबल अन्तरराष्ट्रिय स्तरको युनिभर्सल गेम हो । यो खेल हामी होटेल व्यवसायीका लागि व्यवसाय प्रवद्र्धन गर्ने उपयुक्त माध्यम हो ।

म आफै पनि खेलाडी हुँ । विश्वमा खेलिने खेलमध्ये फुटबल र क्रिकेट सबैभन्दा बढी मन पर्छ । कुनै समयमा म क्रिकेटको राष्ट्रिय खेलाडी पनि हुँ । २०३५/३६ सालमा त्रिभुवन विश्वविद्यालय पढ्दा म सो क्याम्पस र तत्कालिन समयको राईजिङ क्रिकेट क्लवको क्याप्टेन थिए । मेरो नेतृत्वमा धेरै राष्ट्रिय खेल जितेर मेडल हात पारेका थियौं ।

मैले केही वर्ष यता लगातार विश्वकप हेर्दै आएको छ । म आफै पनि खेलाडी भएको र आफुलाई मनपर्ने खेल फुटबल भएका कारण यसपटकको विश्वकपमा कुनै पनि खेल नछुटाई हेर्ने योजना छ ।

आफ्नो व्यावसायीक सम्बन्ध जर्मनसँग भएको र त्यहाँ आफुसँग मिल्ने साथीहरु बढी भएकोले मैले जर्मनीलाई समर्थन गरेर विश्वकप हेर्ने गर्छु । तर, प्रायजसो खेल सो दिन जसले राम्रो खेल्छ त्यसैलाई समर्थन गरेर हेरिन्छ ।

हामीले विश्वकपमा कुनै सट्टेबाजी लगाउँदैनौं । आफ्नो परिवार र साथीभाईसँग बसेर हेरिन्छ । यसपटकको विश्कपपनि परिवार र साथीभाईसँग आफ्नै होटलमा बसेर हेर्ने योजना छ ।

स्पेनलाई समर्थन

कृष्णप्रसाद दुलाल
उपाध्यक्ष, नाडा

विश्वपकमा स्पेनको समर्थन गर्दै खेल हेरिन्छ । व्यवसायमा बढी संलग्न भएका कारण सबै खेल हेर्न कठिन छ ।

प्रायजसो खेल घरमा परिवारसँग बसेर हेरिन्छ भने केही खेलहरु साथीहरुसँग बसेर हेरिन्छ । विश्वकपमा आधाजसो खेल घरमा बसेर हेन्छि भने आधा खेल साथीभाइहरुसँग ।

विश्वकपमा बाजी थाप्नुभन्दा पनि खानपिनमा रमाईलो गर्दै खेल हेर्ने योजना छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL