Logo

सरकारले वास्ता नगरेपछि कर्मचारीमाथी खनिए सेयर लगानीकर्ता, सेबोनका गिरीमाथी हातपातको प्रयास

सरकारले वास्ता नगरेपछि कर्मचारीमाथी खनिए सेयर लगानीकर्ता, सेबोनका गिरीमाथी हातपातको प्रयास



काठमाडौं । सरकारले बजेटमार्फत सेयर कारोबारमा अनावश्यक रुपमा कर लगाएको भन्दै आन्दोलनमा उत्रिएका सेयर लगानीकताहरु भौतिक कारबाहीमै उत्रिएका छन् ।

आज वार्ताका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले समय नदिएपछि आन्दोलनरत लगानीकर्ताहरु धितोपत्र बोर्डका कर्मचारी माथी हातपात गर्न पुगेका थिए । सोही क्रममा आन्दोलनरत लगानीकर्ताले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई हातपातको प्रयास समेत गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

‘आन्दोलनरत लगानीकर्ताहरु मेरा विरुद्ध नाराबाजी गर्दै आक्रोसित भएर आएका थिए,’ उनले भने, ‘तर, म उनीहरुसँग धेरै समय बसिन उनीहरुसँगै बसेको भए के गर्थे थाहा भएन ।’ उनीहरु धेरै आक्रोसित भएर आएसँगै आफु आफ्नै कार्यकक्षमा गएको समेत गिरीले जानकारी दिए ।

गिरीका अनुसार आन्दोलनकारी लगानीकर्ताहरु निरज गिरी मुर्दावाद, तत्काल राजीनामा दे जस्ता गालीगलौजका नारा लगाउँदै धितोपत्र बोर्ड प्रवेश गरेका थिए । ‘आन्दोलनरत लगानीकर्ताहरु सबै व्यवस्था मैले नै गरेको जसरी मेरा विरुद्ध अनावश्यक नारा लगाउँदै उग्र भएर आएका थिए,’ उनले भने, ‘यो सरकारले गरेको निर्णय हो यसलाई हामीले कार्यान्वयनमा मात्र लैजाने हो ।’ साथै हाम्रो विरुद्ध सेयर लगानीकर्ताले जथाभावी गाली गर्दै नारा लगाउनु समेत व्यर्थ रहेको उनको तर्क थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL