Logo

बार्षिक १० करोड रुख रोप्दै न्युजिल्यान्ड सरकार, २०५० सम्ममा हरितगृह प्रभाव शुन्य

बार्षिक १० करोड रुख रोप्दै न्युजिल्यान्ड सरकार, २०५० सम्ममा हरितगृह प्रभाव शुन्य



काठमाडौं । न्युजिल्याण्डको आगामी सरकारले प्रत्येक बर्ष १० करोड रुखहरु रोप्दै देशलाई हराभरा बनाउने विचार अघि सारेको छ । साथै विद्युत ग्रीडमा चल्ने सबै विद्युललाई नविकरणीय उर्जासँग जोड्दै साइकलमार्ग र रेल यातायातलाई बढिभन्दा बढि पैसा खर्च गर्ने योजना नयाँ सरकारले गर्नेछ ।

यसै हप्ता प्रधानमन्त्रीको पद सम्हालेकी जेसिन्डा आर्डेनले वातावरणीय छलफलका क्रममा न्युनतम मजदुरी ज्याला बढाउनुका साथै हाल रहेका घरहरुलाइ कीन्नबाट विदेशीलाई रोक्ने र न्युजील्यान्डको रिजर्भ बैंकको चालु प्रक्रिया पनि हेरफेर हेर्ने योजना लिएकी छन । ३७ बर्षीय उनी न्युजिल्यान्डको १ सय ५० बर्षको लामो इतिहासमा सवैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन । आफ्नो ९ बर्षको शासनकालमा देशलाई उदारवादमा लैजाने नीति पनि उनले बताएकी छिन । उनले भनिन ‘म जलवायु परिवर्तनलाई असर पार्न चाहन्न र जलवायु परिवर्तन सरकारको मन मस्तीस्कमा बस्नेछ ।’

साथै न्युजिल्यान्डलाई सन २०५० सम्म हरितगृह प्रभाव शुन्य बनाउने बताइन । उनले यस्ता प्रकारका लक्ष्यलाइ केही रुपमा वृद्धि गर्नुपर्ने औँल्याउँदै न्युजिल्यान्डमा पहिल्यै पनि ८५ प्रतिशत जलविद्युत, भौगर्भिक उर्जा तथा वायु उर्जा लगायत नविकरणीय उर्जासँग आवद्ध रहेको जानकारी दिइन । आर्डेन आफ्नो देशको नविकरणीय उर्जालाई सन २०३५ सम्ममा १ सय प्रतिशत नै पुर्याउने बताउँछिन ।

यसका साथै हरेक विद्यालयको छतमा सोलार प्यानलको प्रयोग गर्न सकिन्छ या सकिदैन भनी जाँच गर्ने योजना पनि अघि सारिएको छ । साथै उनले हरेक बर्ष देशमा रुखहरु दोव्वर हुनेगरी रोप्ने लक्ष्य रहेको पनि दावी गरिन । उब्जीयोग्य जमिन कम मात्रामा राखेर सबै खाली स्थानहरुमा रुखहरु रोप्ने उनको योजना रहेको छ । साथै उनको सो योजनाालाइ १० बर्षमा देशलाई हरियाली बनाउने सरकारको काम भएको बताईन् ।

तर, उनको यो योजना प्रति सबैजना खुसी भने छैनन । उत्सर्जन व्यापार योजनाले किसानहरु शोषित हुनुका साथै धेरै भुुक्तान गर्नुपर्ने हुनाले उनीहरु भने चिन्तीत छन । ध्यानाकर्षको कुरा त के छ भने यदि यो योजना कार्यन्वयन भयो भने प्रतिश्पर्धात्मक रुपमा न्युजिल्यान्ड खाद्यपदार्थ उत्पादनमा पछि पर्ने किसान वकालत संघका अध्यक्ष क्याटि मील्नेले जानकारी दिए । सरकारले अर्काे केहि बर्षपछि न्युनतम पारिश्रमीक ज्याला पनि १४ डलरबाट बढाउने योजना बनाएको छ, जसमा हालको न्युनतम ज्यालामा २७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

आर्डेनका अनुसार रिर्जव बैंकको सञ्चालन पद्धतिमा पनि सुधार गर्नुका साथै मूल्य स्थिरता, रोजगारी तह लगायतका कारक तत्वहरुमा पनि ध्यान दिने बताइन । हाल रिर्जव बैंकले व्याजदर निर्धारित गर्न मुद्रास्फिर्तीलाई आधार मान्ने गरिएको छ ।

आर्डेनले १० करोड न्युजिल्यान्डको डलर देशका साना तथा बजार तथा क्षेत्रमा रेलमार्ग र अन्य पुर्वाधारहरु सुधार गर्नको लागि खर्च गरिने योजना रहेको बताएकी छन । आर्डेन ले भनिन, चुनाव जितेपछि अमेरिकाका राष्ट्रपती डोनल्ड ट्रम्पसँग ५ मिनेट कुरा भएका थियो । यसका साथै उनले अमेरिकासँगको सम्बन्ध राम्रो रहेको र अझै सम्बन्ध राम्रो बनाउने जानकारी पनि दिइन ।

प्रतिक्रिया दिनुहोस्
MBL