Logo

महङ्गियो चुरोट, रक्सी र सवारी साधन, व्यक्तिगत आयकरको दरहरुमा पनि व्यापक परिवर्तन

महङ्गियो चुरोट, रक्सी र सवारी साधन, व्यक्तिगत आयकरको दरहरुमा पनि व्यापक परिवर्तन



काठमाडौं । सरकारले सवारी साधनमा लाग्ने कर बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार सीसीभन्दा माथीका चार पाङ्ग्रे सवारीसाधन र १५० सीसीभन्दा माथीका दई पाङ्ग्रे सवारीसाधमा लाग्दै आएको करमा बृद्धि गरेको हो ।

यसैगरी घरजग्गा कारोबारमा पूँजीगत लाभ कर नलाग्ने रकमको सीमामा पनि कडाई गरेको छ । यस अघि कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँ रहेकोमा त्यसलाई घटाउँदै १० लाख रुपैयाँमा झारिएको छ ।

यसैगरी प्रगतिशिल करमार्फत न्यायोचित कर प्रणालीको विकास गर्न व्यक्तिगत कर प्रणालीमा पनि परिवर्तन गरेको छ । हाल कायम रहेको १५ र २५ प्रतिशतको आयकरको सट्टा १० देखि ३० प्रतिशतसम्म पुर्याइएको छ । तर, २० लाख भन्दा बढि आय भएमा थप २० प्रतिशत अतिरिक्त कर लगाईने भएको छ ।

यसैगरी बजेटमार्फत मदिरा र सुर्तीजन्य बस्तुमा लाग्दै आएको अन्तुशुल्कमा पनि व्यापक बृद्धि गरेको छ । साथै मदिरा, वियर। चुरोट र सुर्तीजन्य उद्योगहरु सरकारले तोकेको स्थानमा मात्र स्थापना गर्न पाईने व्यवस्था गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL