Logo

करको दर तय गर्ने रातो किताव छापियो, बजेट १२ बजेपछि मात्र छापिने

करको दर तय गर्ने रातो किताव छापियो, बजेट १२ बजेपछि मात्र छापिने



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि आज ल्याउने बजेट आजै १२ बजेपछि मात्र छाप्ने भएको छ । बजेट निर्माणका क्रममा मितव्ययीता अपनाएको अर्थ मन्त्रालयले बजेपछि अन्तिम समयमा मात्र ‘बजेट बुक’ छाप्ने भएको छ ।

कुल १५ खर्ब रुपैयाँभन्दा बढिको बजेट सार्वजनिक गर्न लागेको यो सरकारले बजेटमा योगदान दिने राजस्वको योगदान समेत बृद्धि गर्दै बजेट सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । सामान्य तय बजेटमा राजस्वको बृद्धिदर लक्ष्य प्रत्येक बर्ष २० बर्ष रहँदै आएकोमा यस बर्ष करका दर र दायरा बृद्धि गर्दै ३० प्रतिशत राखिएको छ ।

सरकारले आयकरको दरमा बृद्धि, विभिन्न क्षेत्रलाई करको दायरामा ल्याउने, घरजग्गाको रजिष्ट्रेशन दस्तुर बृद्धि, विलासिताको सवारीसाधनको करमा बृद्धि, मदिरा तथा सुर्ती जन्य बस्तुको करमा व्यापक बृद्धि गर्दै राजस्व बढि उठाउने लक्ष्य लिएको अर्थ स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले बजेट किताव छाप्ने बाँकी राखेपछि करको दर निर्धारण गर्ने रातो किताव भने छापिसकेको छ । राती १२ बजेबाट रातो किताव छापिएको अर्थमन्त्रीका निजी सचिव तुलसी मैनालीले जानकारी दिए । ‘रातो किताव छापिएको छ भने बजेट बुक छाप्न नै बाँकी छ,’ उनले भने, ‘तर, रातो किताबमा करका दरहरु के कति छापिए सो विषयमा केही थाहा छैन ।’

मैनालीका अनुसार सरकारले आगामी आर्थिक बर्षको बजेट स्वीकृत गराउनका लागि दिउसो साढे २ बजे मन्त्री परिषद्को बैंठक बोलाएको छ । उक्त बैंठकबाट बजेट स्वीकृति गराएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न्न ४ बजे संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL