Logo

वृद्धभत्ता बढाउने प्रतिबद्धतामा अर्थमन्त्रीको ‘ट्रिक’, ज्येष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य बीमा

वृद्धभत्ता बढाउने प्रतिबद्धतामा अर्थमन्त्रीको ‘ट्रिक’, ज्येष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य बीमा



काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरुलाई निःशूल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ज्येष्ठ नागरिकका लागि निःशूल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गर्न लागेको हो ।

विशेषगरी गरी हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ज्येष्ठ नागरिकलाई तत्कालका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको श्वेत पत्र सार्वजनिक गर्ने क्रममा ढुकुटीमा पर्याप्त स्रोत नरहेकोले नगदको विकल्पमा अन्य सामाजिक सुरक्षा उपलब्ध गराउन सकिने जनाएका थिए । स्रोतको अभावमा पर्याप्त बजेट विनियोजन गर्न सक्ने अवस्था नदेखिएपछि अर्थमन्त्रीले चुनावी घोषणाको नगद बाड्ने प्रतिबद्धतालाई बीमातर्फ आकर्षित गराएका छन् ।

बाम घोषणापत्रमा वृद्धभत्ता पाँच हजार रुपियाँ पुर्याउने उल्लेख छ । तर नगद प्रवाह बढी भएको अवस्थामा अर्थतन्त्रमा चाप पर्ने निष्कर्ष निकाल्दै स्वास्थ्य बीमाको नयाँ जुक्ति अर्थमन्त्रीले अघि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL