Logo

निजगढमा विमानस्थल बनाउन २४ लाख रुख काटिदैं, १५ सय घरपरिवार कहाँ बस्छन् ?

निजगढमा विमानस्थल बनाउन २४ लाख रुख काटिदैं, १५ सय घरपरिवार कहाँ बस्छन् ?



काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न २४ लाख रुख काटिने प्रक्रिया अघि बढेको छ ।

विमानस्थल निर्माणको प्रारम्भिक कामको जिम्मा पाएको नेपाली सेनालाई रुख काट्न मार्ग प्रशस्त भएको छ ।

वन तथा वातावरण मन्त्रालयले नागरिक उड्ययन प्राधिकरणले तयार गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन(इआइए) हालै स्विकृत गरेपछि निर्माणको प्रारम्भिक काम सुरु हुन लागेको हो ।

विमानस्थलका लागि प्रस्तावित जग्गाको आसपास क्षेत्रमा बस्ने बासिन्दा स्थानान्तरणको प्रक्रिया पनि इआइए स्विकृति पछि अघि बढाउन सकिने भएको छ । सो क्षेत्रमा अहिले करिब १५ सय घरपरिवारको बसोबास छ ।

सरकारले त्यहाँका स्थानियलाई नगद नै दिएर अथवा आफै निर्माण गरिदिएर स्थानान्तरण गर्ने योजना बनाएको छ । यसको टुङ्गो भने लागिसकेको छ । दुई वर्षभित्र यी दुवै काम सम्पन्न हुने गरी आयोजनाले काम अघि बढाउने जनाएको छ ।

इआइए स्विकृति भएपछि यसलाई लगानीको कुन मोडलमा बनाउने भन्ने टुङ्गो लगाउने बाटो पनि खुला भएको छ । सरकारले निर्माण गर्ने भनिएपनि पछिल्लो समय पीपीपी मोडलको समेत चर्चा भएकोले मन्त्रिपरिषदबाटै यसको निर्णय हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL