Logo

नीति तथा कार्यक्रम : पाँच बर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धि, १० बर्षमा मध्यम आय भएको मुलुकमा स्तारोन्नती

नीति तथा कार्यक्रम : पाँच बर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धि, १० बर्षमा मध्यम आय भएको मुलुकमा स्तारोन्नती



काठमाडौं । सरकारले आगामी ५ बर्षभित्रमा दोहोरो अंकको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ । सरकारले आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आबमा दाहोरो अंकको आर्थिक बृद्धिको नजिक र ५ बर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ ।

देशको आर्थिक बृद्धिदरलाई उच्च बनाउन सरकारले उत्पादनमा आधारित अर्थतन्त्रमा जोड दिने भएको छ । आर्थिक बृद्धिदरको मुख्य स्रोतमा कृषि, पर्यटक, पूर्वाधार निर्माणजस्ता क्षेत्रलाई प्राथमिकता दिने भएको छ । साथै सोका लागि सरकारको लगानी समेत बढाइएने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सरकारले मुलुकलाई आगामी १० बर्ष भित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने लक्ष्य लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL