Logo

सी–आस्वालाई प्रभावकारी बनाउन बोर्डको निर्देशन, सेयर आवेदन दिँदा रियल टाईम जानकारी

सी–आस्वालाई प्रभावकारी बनाउन बोर्डको निर्देशन, सेयर आवेदन दिँदा रियल टाईम जानकारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी–आस्वा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणालीमा कनेक्टीभिटी जाने समस्या देखिएपछि त्यसालाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको हो ।

बोर्डले सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टीभिटी क्षमता बृद्धि गरी सहज रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्न सिडीएससीलाई दिर्नेशन दिएको हो ।

यस्तै बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनको आवेदन भर्दा लगानीकर्तालाई रियल टाईम जानकारी दिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । त्यसरी आवेदन दिँदा ग्राहकको खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउने व्यवस्था गर्न दिर्नेशन दिएको हो ।

साथै सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने÷गराउन समेत सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL