Logo

पर्यटक भित्र्याउन हिमालयन ट्राभल मार्ट, १२ बर्ष पछि भित्रिएलान बार्षिक ५० लाख पर्यटक

पर्यटक भित्र्याउन हिमालयन ट्राभल मार्ट, १२ बर्ष पछि भित्रिएलान बार्षिक ५० लाख पर्यटक



काठमाडौं । दोस्रो हिमालयन ट्राभल मार्ट (एचटिएम) २०१८ हुने भएको छ । पर्यटन बोर्ड र प्यासीफीक एशिया ट्राभल एशोसिएसन (पाटा) ले आयोजना गर्न लागेको सो सम्मेलन काठमाडौंमा ३ दिनसम्म चल्नेछ ।

पर्यटन सम्बन्धी अनुभवहरु आदानप्रदान गर्न संसारभरका विभिन्न देशबाट सहभागिता हुने पनि अनुमान आयोजकले लिएको छ । सो सम्मेलनको पहिलो दिन अर्थात जुन १ का दिन हिमालयन ट्राभल मार्ट कन्फेरेन्सको आयोजना हुनेछ । जसअन्तरगत नेपालमा सन् २०३० सम्ममा ५० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै विभिन्न सेसनहरु संचालन हुनेछन् ।

सम्मेलनले नेपालको हिमाली पर्यटन उद्योगमा सो सम्मेलनमा रहेको बीटुबी सेसनले विभिन्न देसको अनुभव आदानप्रदानमा सहयोग पुग्ने आयोजकको अनुमान छ ।

सो सेसनमा विश्वस्तरीय वक्ताहरुद्धारा नेपालमा बढिभन्दा बढि मात्रामा पर्यटक कसरी भित्र्याउने भन्ने बारेमा छलफल हुने आयोजकले जानकारी दिएको छ । यसका साथै सम्मेलनको दोस्रो र तेस्रो दिन इन्टरनेशनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फेरेन्स (आईटिएमविसी) र विजनेस सेसन हुनेछ ।

सो सेसन अन्तरगत नेपालमा ब्लगर र मिडियामार्फत पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भन्ने बारेमा हुनेछ भने विजनेस सेसन अन्तरगत बिटुबी सेसन पनि रहनेछ । सो सेसनमा विभिन्न देशका व्यापारीहरुको अन्तरक्रिया राखिएको आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL