Logo

भारतीय प्रम मोदीको घोषणा, नेपाल र भारतमा ‘५ टी’ मा आधारित विकास, जनकपुर विकासमा १ अर्ब सहयोग

भारतीय प्रम मोदीको घोषणा, नेपाल र भारतमा ‘५ टी’ मा आधारित विकास, जनकपुर विकासमा १ अर्ब सहयोग


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । जनकपुरको विकासका लागि भारत सरकारले १ अर्ब रुपैया सहयोग गर्ने भएको छ । नेपालको २ दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले जनकपुर लगायत आसपासका क्षेत्र विकासका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।

उनले जनकपुर विकासको लागि सो रकम नेपाल सरकारसँग मिलेर सहायताका रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यका लागि नेपाल सरकार र संघीय सरकारँंग मिलेर परियोजना तयार गर्ने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै उनले नेपाल र भारतलाई ‘५ टी’ मा आधारित रहेर विकास गर्न चाहेको जानकारी दिए । जसमा ट्रेडिसन, ट्रेड, टुरिजम, टेक्नोलोजी र ट्रान्सपोर्टमा आधारित भई देशको चोतर्फी विकास गर्ने इक्षा रहेको बताए । अहिले नेपालले जलविद्युत क्षेत्रमा ठुलो लगानीका साथ अघि बढिरहेको बताउँदै भारतबाट ४ सय ५० मेगावाट विद्युत आयात भइरहेको जानकारी दिए ।

यस्तै सिमा व्यापारलाई सहज गर्न पनि कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन । नेपालले भोग्दै आएको पेट्रोलियम समस्याको अन्त्य गर्नको लागि मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम पनि अघि बढिरहेको जानकारी दिदै नेपाल भारतको सम्बन्ध अझ प्रगाढ बनाउन जलमार्ग, स्थलमार्ग, रेलमार्ग तथा हवाईमार्गलाई पनि प्राथमीकतामा राखिने बताए ।

जनकपुरसम्मको रेलमार्गलाइ यस बर्षको अन्त्यसम्म सम्पन्न गराउँदै रक्सौलदेखि काठमाडौंसम्मको मार्गलाई पनि जोड दिने बताए । यसका साथै उनले रामायणसँग सम्बन्धित नेपालका तिर्थस्थलहरुको विकास गर्दै नेपालमा पर्यटनको अथाह सम्भावनालाइ दिगो बनाउन सहयोग गर्ने पनि जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL